arrow

को को पर्दैछन् देउवाको मनोनयनमा ?

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
shre-bahadur-deuba-hamrakura.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन र संसदीय दलको निर्वाचनबाट जिम्मेवारी नपाएकाहरु अव मनोनयनमा पर्न आन्तरिक कसरतमा लागेका छन् । नेताहरुले आ आफ्नो तरिकाले सक्दो प्रयास गरिरहेपनि सभापति शेरबहादुर देउवाको तर्फबाट समेत प्रारम्भिक सुची तयार भएको छ । उनले मनोनयन गर्दा सवै क्षेत्र र समुदायकालाई समेट्ने प्रयास गर्ने भएका छन् भने समुहगत हिसावले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मनोनयन पर्ने सम्भभावना कम छ। बरु उनले सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला समुहका केही नेतालाई भने केन्द्रीय सदस्य बनाउने सोचमा रहेको बताइएको छ।  
 
देउवा निकट एक नेताले दिएको जानकारी अनुसार पौडेल पक्ष परित्याग गरेर पछिल्लो समयमा देउवा समुहमा आएकाहरुलाई उनले केन्द्रीय सदस्य बनाउने प्राथमिकतामा पारेका छन् । पौडेल समुहबाट कोषाध्यक्षको उम्मेदवार हुन नपाएपछि विच्कीएका पद्मनारायण चौधरी देउवाको मनोनयनमा केन्द्रीय सदस्यको सुचीमा एक नं. मा रहेका छन्। 
 
पार्टीका पुर्वसभापति सुशील कोईरालाका भाई अशोक कोईराला पनि देउवाले मनोनयन गर्ने नेताको प्राथमिकतामा परेका छन् । कोईराला सिटौला समुहको सिफारिसमा पर्ने भएका हुन् । 
 
त्यसैगरी अघिल्लो महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य नरेन्द्र विक्रम नेम्वाङ, कास्कीका पुराना नेता शुक्रराज शर्मा, पुर्वकेन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष समेत रहनुभएका बर्दियाका किशोरसिंह राठौर, पुर्व केन्द्रीय सदस्य पर्वतका अर्जुन जोशीलाई देउवाले फेरी केन्द्रीय सदस्य बनाउने भएका छन् । 
 
देउवालाई सघाउन आफु निर्वाचनमा नलडेका पुर्वकेन्द्रीय सदस्य श्याम घिमिरे, बाराका जिल्ला सभापति राधेचन्द्र यादव, मोरङका पुर्वजिल्ला सभापति अमृत अर्याल, महिला भएर पनि खुल्ला तर्फ निर्वाचन लडेर हारेकी पुर्व केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई पनि देउवाले केन्द्रीय सदस्य बनाएर प्रोत्साहित गर्ने भएका छन् । 
 
यी वाहेक सिटौलाको सिफारिसमा अर्का एक जना केन्द्रीय सदस्य बन्ने संभावना रहेको छ भने ठुलो जनसंख्या भएर पनि केन्द्रीय समितिमा नपरेका राई र मगर समुदायबाट पनि केन्द्रीय सदस्य बनाउन देउवालाई नैतिक दवाव परेको छ। मगर र राई समुदायको तर्फबाट कस्लाई ल्याउने भन्ने बारेमा अहिले उनले निकटस्थहरुसंग परामर्श गरिरहेको एक नेताले जानकारी दिए । 
 
सभापति देउवालाई खुल्ला तर्फ केन्द्रीय सदस्य लड्दा २६ देखि ३५ भित्रमा पर्नेगरी मत ल्याएकाहरुलाई मनोनयन गर्ने नीति लिन पनि सुझाव आएको छ। तर उनी भने खुल्ला २५ तर्फ केन्द्रीय सदस्यको उम्मेदवार भएर थोरै मत नपुगेर पराजित भएका केही नेताहरुलाई मात्रै केन्द्रीय सदस्य बनाउने मनस्थीतिमा छन् । त्यस मध्येमा जिपछिरिङ लामा देउवाको रोजाईमा पर्न  सक्छन् । उनले लामालाई ल्याउन चाहेपनि उनीसंगसगै पराजित भएका तरुण दलका अध्यक्ष उदयशमशेर राणालाई पनि ल्याउनु पर्ने अवस्था आउनसक्छ। यस बारेमा उनले केही निर्णय लिन सकेका छैनन् । 
 
निर्वाचनका बेलामा आफ्नो सचिवालयको भित्री व्यवस्थापनको जिम्मेवारी लिएका र नेपालको निजि शैक्षीक क्षेत्रका हस्ती मानिने उमेश श्रेष्ठलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्न देउवालाई दवाव छ। शिक्षाका विषयमा पार्टीले लिने निर्णयमा उनको भुमीका प्रभावकारी हुन सक्ने ठानेर देउवाले उनलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने संभावना रहेको नेताहरुको भनाई छ ।
 
पार्टीको केन्द्रीय समितिमा धेरैको ध्यान गएपनि संसदीय दल तर्फ भने धेरैको ध्यान गएको छैन । संसदीय दलका कार्यकारी पदहरुमा पहिले जिम्मेवारी दिईएका व्यक्तीहरु नै रहेकाले तत्काल त्यसतर्फ दलका नेता शेरबहादुर देउवाले हात हाल्ने संभावना न्युन देखिएको छ भने सदस्य नियुक्तीका लागि हतार गर्नु पर्ने कुनै कारण नभएको उनीहरुको बुझाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ