arrow

रोल्पाको सरसफाइमा जुटेका यि हातहरु

logo
कविता उपाध्याय।
प्रकाशित २०७२ चैत २८ आइतबार
sarsafai-cleaning-rolpa.jpg.jpeg
रोल्पा। जिल्लामा सरसफाइको लहर तीब्र गतिमा अगाडि बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले गत शनिबारदेखि सुरु गरेको साप्ताहिक कार्यक्रम अनुसार शनिबार पनि जिल्लाका बिभिन्न ठाउँहरुमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। जस अन्तर्गत सदरमुकाममा भने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले टुडिखेलमा कुचोले फोहोर बढारेर कार्यक्रमको शुरुवात गरे।
 
सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट सेवक कर्मचारीहरु, राजनीतिक दल, सामुदायिक सेवा समिति पत्रकार लगायत अन्य सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो। फोहर नालामा पुगी प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर लगायत नेपाल प्रहरी र नेपाली सेनाले बेल्चा प्रयोग गरी सरसफाइ गरेको देख्दा अन्य सबै सहभागी उत्साहित बन्दै सरसफाइ अभियानमा जुटेका थिए। 
 
केही महिना अगाडि स्थानीय विकास अधिकारी गेहन्द्रबहादुर डाँगी र लिबाङ नगर पालिकाका प्रमुख निमबहादुर के.सी को नेतृत्वमा एक समूह टि इन वास प्रोगाम गर्दै दैनिक यसरी नै सरसफाइ अभियानमा जुटेको थियो। 
 
रोल्पा जिल्लालाई पूर्ण सरसफाइ युक्त जिल्लाको रुपमा विकास गर्ने उद्देश्यले सरसफाइ अभियानलाई तीब्रता दिइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। उनका अनुसार चेतनाको अभावका कारण फोहर बन्दै गएको नगरलाई सबैको साथ र सहयोग पाएमा अवश्य पनि सुन्दर नगरका रुपमा परिणत गर्न सकिने छ। “हामी पूर्ण सरसफाइको सुरुवाती चरणमा छौं सबैको साथ र सहयोग पाएमा छिटै पूर्ण सरसफाइ युक्त जिल्लाको रुपमा परिणत गर्न सक्छौं ”उनले भने। 
 
यस्तै प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जिल्लालाई पूर्ण सरसफाइतर्फ उन्मुख बनाउन सरसफाइमा निरन्तरताको खाँचो हुने बताए। आफूहरु राष्ट्रसेवक कर्मचारी भएको हुँदा शनिबारको बिदा उपयोग पनि हुने र बजार सफा पनि देखिने भएको हुँदा साप्ताहिक कार्यक्रमका रुपमा सरसफाइ अभियानमा जुटेको बताउँछन्। 
लिवाङ नगरपालिका भर्खरै बनेको हुँदा साधन र श्रोतको अभाव छ तरपनि रोल्पाली जनताको साथ र सहयोग पाएमा अवश्यपनि पूर्ण रुपमा जिल्ला सफा र स्वच्छ राख्न सकिने उनको भनाइ छ। “सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले ५ प्रतिशत मात्र सरसफाइमा सहयोग गरेमा बजारको फोहर आफै ब्यवस्थित बन्दै जाने छ। हामीले अवश्य पनि सबैको साथ र सहयोग पाउने छौं। यसो भयो भने बजार वा गाउँ टोल फोहर गर्नेहरुलाई कानूनी कारबाही गर्नु पर्ने छैन भन्ने कुरामा म विश्वस्त छु”उनले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ