arrow

भक्तपुरमा राप्रपा (संयुक्त) ले कांग्रेसलाई सहयोग गर्ने

logo
राजु रिमाल,
प्रकाशित २०७६ मंसिर ४ बुधबार
bhaktpur-local-lection-nc.jpg

भक्तपुर। आगामि मंसिर १४ गते हुन लागेको प्रदेश सभाको उप निर्वाचनमा भक्तपुर १ (क) मा राप्रपा (संयुक्त )ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ। यसबाट चुनावमा खटिएका स्थानीय कांग्रेसका नेताहरु उत्साहित भएका छन्। भक्तपुर १ (क) मा कांग्रेसको विजय सुनिश्चित भएको यहाँका नेताहरु बताउछन्। 

मंगलबार चाँगुनारायण स्थित नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलको निवासमा नेपाली कांग्रेस र राप्रपा (संयुक्त) नेताहरुवीच गम्भिर वार्ता भएको थियो। सो वार्तामा कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशाकं कोइराला, तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य विनोद कायस्थको सहभागी थिए भने राप्रपा (संयुक्त) को तर्फबाट पूर्व मन्त्री तथा राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष रविन्द्र प्रताप शाह लगायतका नेताहरुको उपस्थिति थियो।

अघिल्लो निर्वाचनमा राप्रपाबाट शाहले यस क्षेत्रमा चुनाव लडेका थिए। उनले करिब ५ हजार ८ सय भोट ल्याएको थियो। त्यसैले यो भोट भक्तपुर १ (क) मा निर्वाचन हार्न र जित्न निर्णायक भोट मानिन्छ। वार्ता पछि नेपाली कांग्रेस र राप्रपा (संयुक्त) का नेताहरु उत्साहित भएको थिए। उनीहरुले संयुक्त रुपमा फोटो पनि खिचाएका थिए। वार्तामा सहभागी विनोद कायस्थले भने, वार्ता निकै सकारात्मक भएको छ। हामी उत्साहित भएका छौ।’

यस क्षेत्रमा राप्रपा (संयक्त) बाट उम्मेदवारी दिएका रामशरण लामिछानको उम्मेदवारी खारेज भएको छ। समानुपातिकको बन्द सूचिमा लामिछानको नाम परेको कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको छ। राप्रपाले यस क्षेत्रमा उम्मेदवार दिए पनि  यस क्षेत्रमा राप्रपाको प्रभाव छैन। यहाँका अधिकाशं स्थानीय नेता राप्रपा (संयुक्त) सँग आबद्ध छन्।

आमाको निधन भए पछि कांग्रेसका उम्मेदवार भडेल घरदैलोमा जान पाएका छैनन्। मंसिर १ उनकी आमा सेतिमाया भँडेलको निधन भएको थियो। भडेल हाल आफनो निवास बसेका छन। कांग्रेसका केन्द्रीय तथा स्थानीय नेताहरु घरदैलोमा जाने गरेका छन्। ‘यसपटक कांग्रेसका पक्षमा माहोला बन्दै गएको छ। हामी विजय हुने सुनिश्चित भएको छ।’भक्तपुर कांग्रेसका नेता उद्धव खड्काले भने। कांग्रेसलाई विजयी गराउन कांग्रेसका केन्द्रीय नेताहरु दैनिक जसो भक्तपुर १ (क) मा आउने गरेका छन्।

अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए। गत वर्ष हृदयघातबाट उनको निधन भए पछि भक्तपुर १ (क) खाली थियो। भक्तपुर १ (क) को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाको विषय बनेको छ। यस निर्वाचनालाई प्रमुख दलहरुले आफनो प्रतिष्ठा बनाएका छन्। 

भक्तपुर १ (क) राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन। चुनावमा होमिएका दलहरु अहिले चुनावी प्रचार प्रसार अभियानमा जोडतोडका साथ लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ