arrow

मन्दिर अगाडि भेटियो अपहरित ट्याङ्कर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर ४ बुधबार
Nepal-Oil-Corporation-tanker.jpeg

जनकपुरधाम । दुई दिनदेखि लहानबाट अपहरणमा परेको नेपाल आयल निगमको ट्याङ्कर धनुषामा फेला परेको छ । ट्याङ्कर धनुषाको रमदैयामा रहेको राजदेवी मन्दिर अगाडि फेला पारिएको हो ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सोही रात सिरहाबाट बेपत्ता भएको थियो ।

फेला परेको ट्याङ्कर खाली रहेको प्रहरीले जानाएको छ ।

ट्याङ्कर सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अज्ञात समूहको अपहरणमा परेको थियो। मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए ।

नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर बेपत्ता भएको हो ।

प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्याङ्कर भारततर्फ लगेको बताए। प्रहरीले नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरेका छन् । सो ट्याङ्करमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो।

आइतबार राति करिब १० बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएका प्रहरीले जानकारी दिए ।

साथै मंगलबार ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

कसले गर्‍यो निगमको ट्याङ्कर अपहरण ?, प्रतिवेदन पेश गर्न निर्देशन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ