२ अर्बको घर किनेकी प्रियंका सलमान र शाहरुखभन्दा माथि
प्रकाशित २०७६ मंसिर ४ बुधबार
1.5k
Shares
काठमाडौं । यस बर्ष प्रियंका चोपडा इन्टरनेटमा सबैभन्दा बढी खोजी गरिएको बलिउड अभिनेत्री बनेकी छन्। अंग्रेजी वेबसाइट इंडिया टिभीका अनुसार हालसालै सीम्रस नामको कम्पनीले एक सर्वेक्षण गरेको छ । सो सर्वेक्षण अनुसार अभिनेत्री प्रियंका चोपडालाई अक्टूबर २०१८ र अक्टूबर २०१९ को बीच सारा विश्वका मानिसहरुले इन्टरनेटमा सर्च गरे।
उक्त रिपोर्टका अनुसार २०१९ मा प्रियांका चोपडाको नाम इन्टरनेटमा २७.४ करोड पटक खोजिएको छ । यस सर्वेक्षणमा प्रियंका बाहेक दीपिका पादुकोण दोस्रो र सनी लियोनी तेस्रो स्थानमा छिन्।
सर्वेक्षणमा सलमान खानलाई अक्टोबर २०१९ मा १८ लाख भन्दा बढी पटक खोजिएको छ। त्यस्तै सुपरस्टार शाहरुख खान सलमानसँगै नायकको सूचीमा सम्मिलित छन्। यस सूचीमा शाहरुख खान दोस्रो स्थानमा छन् भने तेस्रो नम्बरमा स्वर्गीय कलाकार अमरीश पुरी छन्।
इन्टरनेटमा सबैभन्दा बढी खोजी गरिएकी अभिनेत्री प्रियंका चोपडा र निक जोनसले हालै अमेरिकाको लस एन्जलसमा एउटा नयाँ घर किनेका थिए । जर्नलको रिपोर्ट अनुसार निक र उनकी श्रीमती प्रियंका चोपडाले अमेरिकाको लस एन्जलसमा २० हजार वर्ग फुटको सम्पत्ति जोडेका हुन् । सम्पत्तिको मूल्य (२० मिलियन डलर) २ अर्ब २९ करोड नेपाली रुपैयाँ भन्दा बढि छ ।
रिपोर्टका अनुसार जोनास ब्रदर्सले लस एन्जलसको नजिक एनसिग्नो भन्ने ठाउँमा धेरै पैसा लगानी गरिरहेका छन्। सबै भाइहरू मिलेर त्यस ठाउँमा जग्गाको लागि अहिलेसम्म कुल (३४.१ मिलियन डलर) ३ अर्ब ९० करोड खर्च गरेका छन्। निक- प्रियंका अघि, सोफी टर्नरले आफ्नो श्रीमानसँग १५ हजार वर्ग फुटको घरको लागि (१४.१ मिलियन डलर) १ अर्ब ६१ करोड खर्च गरेका थिए ।
रिपोर्टका अनुसार, निक-प्रियंकाको नयाँ घरमा सात बेडरूम र ११ बाथरूम छन्। सोफी टर्नरको नयाँ घरमा १० बेडरूम र १४ बाथरूम छन्। अगस्टमा निकले आफ्नो घर बेचेको समाचार बाहिरिएको थियो । निक-प्रियांकले डिसेम्बर २०१८ मा विवाह गरेका थिए।