arrow

सिजीका जाडोका घरायसी सामाग्रीहरु बजारमा

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार

काठमाडौं। इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो महिनालाई लक्षित गरि विभिन्न किसिमका नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् । रुम हिटर र हेलोजिन हिटरमा हालै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको जनाएको छ । जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजीले बजेटलाई ध्यानमा राख्दै ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ । त्यसैगरी केहि समयमा नै कुनै झनझट विना पानि तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ