arrow

जानकी मन्दिरको २६ फिट जग्गा अतिक्रमण भएको पुष्टि

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर ४ बुधबार
janakis1.jpg

जनकपुर । जानकी मन्दिरको २६ फिट जग्गा अतिक्रमण भएको नापी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

जानकी मन्दिरको फूलबारी भत्काएर नीजि घर बनाएको भन्दै स्थानीय युवाहरु विरोधमा उत्रिएपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नापीको लागि नापी कार्यालय धनुषालाई पत्राचार गरेको थियो ।

पत्राचारपछि बुधबार गरिएको नापीमा दुई तर्फबाट २६ फिट जग्गा अतिक्रमण भएको ठहर भएको छ ।

जानकी मन्दिर फूलबारीको स्केच नक्सा तयार गर्दै नापीबाट खटेका सर्वेक्षक प्रदीप कुमार साह, राम परीक्षण पण्डित, राम करण साह, रत्न कुमार साह, जगदिश साह र पुलकित साहले पुष्टि गरेका हुन् ।

जानकी मन्दिरको जग्गा अतिक्रमण गरी घर बनाएको तथा त्यस घरलाई बचाउन र जानकी फूलबारी भत्काउन जनप्रतिनीधिहरुले नै मोटो रकमको चलखेल गरेको भन्दै निरन्तर रुपमा युवाहरु विरोध गर्दै आएको थिए।

प्रदेश नम्बर दुईको सरकार र नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रको निवेदनका आधारमा गरिएको फूलबारी नापीमा उत्तरतर्फको कुनाबाट ४.८८ मिटर अर्थात लगभग १६ फिट र दक्षिण पूर्व कुनामा ३ मिटर अर्थात १० फिट जति जग्गा अतिक्रमण भएको पाइएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको जानकी फूलबारी, जानकी मन्दिरलाई जनकपुरधाम उपमहानगरपालिकाको कुनै पनि वडामा गाभिएको छैन,  कित्ता नम्बर ८ को नापी गर्दा पूर्व क्षेत्रफल भन्दा उत्तर कुना र दक्षिण पूर्व कुनाबाट जग्गा अतिक्रमण भएको नापी कार्यालयबाट खटिएका सर्वेक्षकहरुले बनाएको स्केच नक्सामा रातो चिन्ह लगाएको जति अतिक्रमणमा भएको साहले बताए ।

अब अतिक्रमित जग्गालाई पुनः जानकी मन्दिरकै जग्गामा गाभिए त्यहाँ बनेको घरहरु भत्काउनुपर्ने उनले सुनाए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चलानी नं. २७३ को गत कार्तिक २९ गतेको पत्राचार अनुसार नागरिक समाजको रोहबरमा जानकी मन्दिरको अतिक्रमित जग्गा निवेदनको आधारमा नाप जाँच भएको हो। विगत केही महिनादेखि जानकी मन्दिरको फूलबारीलाई भत्काएर रकमको चलखेल गरी स्थानीय जनप्रतिनीधिले नै नीजि घरहरु बचाएको आरोप लगाएपछि विवाद भएको थियो।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले आफूले सामाजिक सञ्जालमा ८५ लाख लिएर जानकी मन्दिरको जग्गा अतिक्रमण गरी घर बनाएको भनेर बोल्दै आएका थिए, तर कसैले पनि त्यतिबेला त्यो कुरालाई स्वीकार नगरेका बताए।

तर बुधबार  सरकारी स्तरबाटै भएको नापीमा जानकी मन्दिरको दुवै तर्फको जग्गा २६ फिट अतिक्रमण भएको ठहर भएको छ ।

जानकी मन्दिरको पर्खाल भत्काएर केही नीजि घरहरुलाई मोटो रकमको चलखेल गरी नभत्काउँदै फूलबारीतर्फ सडक सारेको स्थानीय युवाहरुले आरोप लगाउँदै आएका थिए । नापी कार्यालय धनुषाको नापनक्सा र निष्कर्ष  अनुसार २६ फिट जग्गा अतिक्रमणमा परेको देखाएको हो ।

वडाध्यक्ष दिपेन्द्र साहले अब नापी नक्सा भएपछि मेयरलेअक्रिमण गरी बनाइएको घर भत्काउँलानत  भनि प्रश्न गरेका छन्?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ