सिटी एक्स्प्रेसको "न यति न उति सिधै लखपति" योजना मंसिरभर रहने
प्रकाशित २०७६ मंसिर ४ बुधबार
134
Shares
काठमाडौं। सिटी एक्स्प्रेसको "न यति न उति सिधै लखपति" योजनाका असोज महिनाका बिजेता घोषित भइसकेका छन्। हालसम्म ६ सय ३० भन्दा बढीले बिभिन्न योजनामा बिजयी भइसकेका छन्। यो योजना मंसिर ३० गते सम्म रहने सिटीले जनाएको छ।
हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको रु १००,००० को मासिक लक्की ड्रमा परी बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापा विजेता घोषित भएका छन्। सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ।
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ (न यति न उतिसिधै लखपति”उपहार योजनाअन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिकरु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एकजना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १०,००,००० जित्न सक्ने घोषणा गरेको छ।
यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्मलागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन्। ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो।