arrow

भारतको मन्दिरमा आगलागी हुँदा ८० को मृत्यु

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
kerala_Fire.jpg.jpeg
काठमाडौं। भारतको केरला राज्य स्थित एक मन्दिरमा भएको आगजनीमा कमतिमा ८० जनाको मृत्यु र २०० भन्दा बढी घाईते भएका छन्। 
 
आतिशवाजीकालागि राखिएको पटाखाहरुमा बिष्फोट हुँदा आगलागी भएर उक्त दुर्घट्ना भएको स्थानिय प्रहरीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। आगलागि आईतवार बिहान ३:१५मा शुरु भएको बताईएको छ। 
 
स्थानिय प्रहरीले आतिशबाजी नगर्न सचेत गराए पनि मन्दिर प्रशासनले निर्दैशन पालन नगर्नाले त्यस्तो दुर्घट्ना हुन गएको स्थानिय प्रशासनले जनाएको छ। 
 
उद्दार कार्य सकिएको र घाईतेको उपचारमा ध्यान केन्द्रित रहेको बारे केरलाका मुख्यमन्त्तरीले ट्विट गरेर जनाउ दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ