arrow

हङकङमा सरकारको दमन सहन नसकी ढलबाट भाग्न खोजे आन्दोलनकारी

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
escape.jpg

काठमाडौं । हङकङ सरकारले लोकतन्त्रका लागि गरेको आन्दोलन दबाउने नीति अनुसार आन्दोलनकारीलाई चरम यातना दिन थालेको छ । दमन सहन गर्न नसकी उनीहरु भाग्ने क्रम पनि चलिरहेको छ । 

हङकङमा पक्राउ परेका अपराधका अभियुक्तलाई चीनलाई सुपुर्दगी गर्नुपर्ने भन्ने सरकारले पेश गरेको विधेयक फिर्ता लिनुपर्ने भन्ने मागबाट सुरु भएको आन्दोलन पछिपछि गएर सरकारका नेतृत्वकर्ताले राजीनामा दिनुपर्ने र लोकतन्त्र स्थापित हुनुपर्ने माग गरेपछि सरकार दमन नीतिमा लागेको हो । 

विश्वविद्यालयमा सयौं प्रदर्शनकारी थुनिएका छन् । बुधबार ६ जनाले ढलबाट भाग्ने प्रयास गरे पनि उनीहरु सफल हुन सकेनन् । 

सन् १९९७ मा ब्रिटिश उपनिवेशबाट मुक्त भएको हङकङ चीनको अधिनमा रहको छ । दुई देश एक नीतिमा चलाउन खोजिएको हङकङलाई स्वतन्त्र देशको आवाज उठाउँदै आन्दोलनकारीहरु ज्यानको बाजी लगाएर सडकमा आएका छन् । 

पाँच महिनाभन्दा बढी समयदेखि चलिरहेको आन्दोलनका कारण हङकङको आर्थिक पाटो अस्तव्यस्त बनेको छ । आन्दोलनकारीहरुले सरकारलाई चिनियाँ सरकारको कठपुतलीको संज्ञा दिइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ