- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ ।
नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको सो गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आव २०७५–७६ मा ३७१ महिला विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पूर्ण संस्थागत सुत्केरी घोषणा बनाउन सहज भएको हो । सो अवधिमा युनाइटेड मिसन अस्पतालमा १८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा ११४ र जिल्ला अस्पतालमा तीन प्रसूति हुन आएका थिए ।