arrow

अनलाइन पत्रकार अधिकारी माथि प्रहरीद्वारा सिंहदरवारभित्रै कुटपिट

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
kbin.jpg.jpeg

काठमाडौ । समाचार संकलनका लागि गएका फोटो पत्रकार कविन अधिकारीमाथि सिंहदरबारभित्रै प्रहरीबाट भएको आक्रमणको फोटो पत्रकार क्लबले घोर निन्दा र भत्र्सना गरेको छ । उनी निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीहरुको समाचार संकलनका लागी सामान्य प्रसाशन मन्त्रालयमा खटिएका थिए ।

क्लबका सदस्य तथा अनलाइनखबरका फोटो पत्रकार अधिकारीलाई फोटो खिचेको आरोपमा उनीमाथी लाठी र बुट बर्साउदै क्यामेरासमेत खोसेर फुटाउने प्रयास भएको क्लवका महासचिव विकास कार्कीद्धारा जारी बिज्ञत्तिमा जनाइएको छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै भएको यो घटनाले हाम्रो गृहप्रशासनको वास्तविक अनुहार उदाङ्गो भएको समेत बिज्ञप्तीमा जनाइएको छ। परिचयपत्र र क्यामरा देखाउँदा देखाउँदै प्रहरीले गरेको दमनको ढाकछोप गर्न बर्दीधारीहरू गुण्डागर्दी शैलीमा खनिएका बताइएको छ । अधिकारीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । उनको ह्याम्स हस्पिटलमा उपचार भैरहेको छ ।

पटक–पटक पत्रकारहरुमाथिको आक्रमणलाई जनताको सूचनाको हक, प्रेस स्वतन्त्रतामाथिको आक्रमण ठहर गर्दै अपराधमा संलग्नलाई कारवाहीको माग गर्दर्छौं विज्ञप्तीमा भनिएको छ। पत्रकारिता पेशाको सम्मान गर्न सरकार र सबै सुरक्षा निकायलाई सचेत समेत गराईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ