‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’
नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भको तयारी
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
839
Shares
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने विश्वास दिलाएका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेको पनि उनले स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले भ्रमण वर्ष सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा ५÷६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भएपनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।’
अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेटमात्रै छुट्याईएको यो वर्ष १५ करोड बजेट छुट्याईएको उनले सुनाए । उनले भने,‘भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।’
निजगढ बिमानस्थल बन्ने
उनले वैकल्पिक विमानस्थलहरु सञ्चालनमा आएपछि काठमाडौं एयरपोर्टमा लोड कम हुने बताए । उनले भने,‘बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प हो । दुई दिनअघिमात्रै पनि म त्यहाँ पुगेर छलफल गरेको छु । निजगण विमानस्थल बनाउनेबारे गलत प्रचार गरियो । यस्तो गलत प्रचार गर्नु भनेको नेपालमा विकास गर्न नदिने षड्यन्त्र भैरहेको छ । यसको लागि नेपाली साथीहरु शिकार हुनुभयो । मलाई दुःख लागेको छ ।’
केरुङ–काठमाडौं–लुम्बिनी रेल ल्याउने काम हुन लागेको उनले सुनाए । उनले भने,‘हामी प्राकृतिक सम्पदालाई नियतबश क्षति पुगाउने पक्षमा छैनौं । तर, विकल्प दिएर हामी विकास गर्छौं । एउटा रुख काट्दा २५ वटा रोप्नुपर्छ । निजगढमा कति रुख काट्नुपर्ने हो भन्ने विषयमा हामी यही महिनाभित्र तथ्यांक दिन्छौं । २५ लाख रुख काट्ने काम जिन्दगीमा कहिल्यैपनि हुँदैन् । आधीको आधी पनि काट्दैनौं । बरु, आधीको आधीको पनि आधी पनि चाहीँ काटिन्छ ।’ उनले जनतालाई भड्काउने काम नगर्नपनि चेतावनी दिएका छन् । उनले भने,‘हामी कम क्षतिमा काम गर्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई निजगढ विमानस्थलको बारेमा पटक–पटक सोध्ने गरेको सुनाउँदै मन्त्री भट्टराईले भने,‘प्रधानमन्त्रीज्युले सोध्नुभएको छ, मैले पनि अन्तरमन्त्रालय समन्वय गरेर छलफल गरिरहेको छु, लगानी बोर्डसँगपनि छलफल गरिरहेको छु । उनले आगामी पाँच वर्षभित्र निजगढबाट अमेरिका जान सकिने ठोकुवा गरे । उनले भने,‘द्रुत गतिमा काम हुन्छ । वर्षमा २० लाखमात्रै होईन, एक करोड पर्यटक आउने बनाउँछौं । गौतमबुद्ध र निजगढ विमानस्थल र नेपालका ५० भन्दा बढि आन्तरिक विमानस्थलहरु हुनेछन्, अब नेपालमा पर्यटनको विकास हुन्छ ।’
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने काम गर्ने बताए । उनले भने,‘वन मन्त्रालयसँग यसबारेमा समन्वय गरिरहेका छौं । यो महिनाभित्र जग्गाको काम सम्पन्न गरिनेछ । साईट क्लिरियन्स र सडक बनाउने काम गर्छ । विमानस्थल निर्माणको लागि ई.पि.पी. मोडलमा जाने कुरा भएको छ, यसको लागि स्विट्जरल्याण्डको जुरिच एयरपोर्टको आशय छनौट भएको छ । यसको फाईनान्सियल स्टाटस हाम्रो लगानी बोर्डले हेर्दैछ ।’
उनले यसको लागि साईट क्लियरियन्स र बस्ती स्थानान्तरणको लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको पनि सुनाए । उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आँफैं बनाउने निर्णय पनि जीवीत रहेको बताए ।
पर्यटन बर्ष २०२०
उनले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको सुनाए । सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उनको भनाई छ । उनले भने,‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ । काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं । दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं ।’ भ्रमण वर्षको शुभारम्भमा पचासौं हजार जनसहभागिता उनले विश्वास दिलाए ।
त्यस्तै, उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको पनि जनाए । उनले भने,‘हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु ।’ भट्टराईले सोही सन्दर्भ पारेर नेपालमा टुरिज्म मिनिष्ट्री कन्क्लेभ पनि आयोजना गरिने जानकारी दिए । ‘यो कन्क्लेभ ऐतिहाँसिक हुनेछ ।’–उनले भने ।
भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी) लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले सुनाए । उनले भने,‘हामीले विश्वमै चर्चित व्यक्तित्वहरुलाई प्रचासप्रसारको लागि पनि सद्भावना दुत बनाएका छौं । उहाँहरुबाट सहयोग लिने क्रम जारी छ ।’
त्यस्तै, विदेशमा रहेका नेपाली कुटनीतिक नियोग, संघ संस्थाहरुलाई पनि नेपाल भ्रमण वर्षको कार्यक्रम गर्न निर्देशन गरिएको उनले सुनाए । उनले भने,‘नेपालको प्रतिनिधित्व गर्ने विभिन्न कुटनीतिक नियोगहरुलाई हामीले नेपाल भ्रमण वर्षको भव्य उद्धघाट्न गर्न निर्देशन दिएका छौं । हाम्रा विदेशस्थित् नियोगहरुले जनवरी ७ तारिखमा कार्यक्रम गर्नेछन् ।’
प्रत्येक देशबाट ठूलो संख्यामा नेपाल भ्रमणको लागि पर्यटकहरु पठाउनको लागि पनि आफूहरुले परराष्ट्र मन्त्रालयको सहयोगमा निर्देशन दिईसकेको उनको भनाई छ । उनले भने,‘अब पर्यटन, विकास र आर्थिक कुटनीतिलाई बढावा दिनुपर्छ । नेपालमा लगानी भित्र्याउनको लागि विदेशमा रहेका हाम्रा नेपाली राजदुतहरुले विशेष भूमिका खेल्नुपर्छ । कुन देशबाट नेपाल भ्रमणमा बढि पर्यटकहरु आउनुहुन्छ, त्यो हेरेर हामी ती देशमा रहेका हाम्रो राजदुतहरुलाई पुस्कृत पनि गर्छौं ।’
विश्वका प्रमुख शहरहरुमा यतिवेला नेपाल भ्रमण वर्षको प्रचारप्रसार तिव्र भइरहेको उनले जनाए । उनले भने,‘विदेशमा रहेका गैरआवासी नेपालीहरुले पनि यसको प्रचारप्रसारको लागि विशेष भूमिका निर्वाह गरिरहनुभएको छ । नेपाल भ्रमणमा सबैभन्दा बढि आउने विश्वका दश शहरलाई हामीले सेलेक्ट गरेका छौं । त्यहीअनुसार प्रचासरप्रसारको लागि फोकश गरेका छौं ।’ नेपाल भ्रमण वर्षको प्रचारप्रसारको लागि अन्तर्राष्ट्रिय मिडियालाई पनि उपयोग गर्ने उनको भनाई छ ।
नेपाल भ्रमण वर्षमा संस्कृति तथा प्रकृति दुवैको प्रर्वद्धन हुने र सोहीअनुसार आफूहरुले काम गरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘ भ्रमण वर्षलाई लक्षित गरेर नेपाल सरकारले आकर्षक छुट दिने तयारी गरेको छ । हिमाललाई चढ्नको लागि पनि सुविधा दिने स्किम बनाउँदैछौं । माथिल्लो हिमाली भेगमा जानको लागि पैसा लाग्दथ्यो, त्यसमा पनि छुट दिने तयारी गरेका छौं । भिसा लगाउने कुरामा केही छुट हुन्छ ।’ आफूले यसको लागि केही दिनभित्रै यो प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लैजान लागेको र उक्त प्रस्ताव पारित हुनेपनि भट्टराईले विश्वास दिलाए ।
मन्त्री भट्टराईले केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि (खुल्ला) गर्न लागिएको बताए । उनले भने,‘हामी केही हिमाल आरोहणको लागि खुल्ला गर्ने योजनामा छौं । काठमाडौं आउने पर्यटकहरु सगरमाथा, अन्नपूर्ण, पोखरा, सौराह यही चल्तीका पर्यटक गन्तव्य जानुहुन्छ । हाम्रो जोड यसपटक नयाँ पर्यटक गन्तव्यलाई प्रचार गर्नेतर्फ छ । जुन गन्तव्य भर्जिन छन् । प्राकृतिक रुपमा अत्यन्तै सौन्दर्य छन्, ती गन्तव्यहरुको प्रचारप्रसार गर्नेतर्फ पनि छ ।’
उनले पर्यटन पूर्वाधारको लागि पनि सरकारले विशेष महत्व दिएर काम गरिरहेको बताए । उनले भने,‘पर्यटन प्रर्वद्धनअन्तर्गत हाम्रो मन्त्रालयले गर्ने काम भनेको नै विमानस्थलको निर्माण र विस्तार, सेवासुविधा विस्तार गर्ने पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सेवालाई प्रोत्साहन गर्ने हो, यी काम हामीले अहिले द्रुत गतिमा गरिरहेका छौं । अब केही महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ। अब यो अन्तिम तयारीमा छ ।’ मन्त्री भट्टराईले आफू पनि उक्त विमानस्थलको कार्यप्रगति हेर्नको लागि नियमित अनुगमनमा गैरहेको जनाए ।
उक्त विमानस्थलबाट हवाई सेवा सञ्चालनको लागि (उडानयोग्य) बनाउनको लागि अध्यागमन, भन्सार, एयरलाईन्सका कार्यालय राख्ने, सुरक्षाको प्रवन्ध गर्नेलगायतका केही महत्वपूर्ण काममात्रै बाँकी रहेको सुनाए । उनले आगामी सन् २०२० को मार्चबाट सेवा सुरु गर्ने आफूहरुको लक्ष्य यथावत रहेको पनि स्पष्ट पारे ।
उनले भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने बताए । उनले भने,‘सबै दलका नेताहरुको सहभागितामा हामी उच्चस्तरीय बैठक राख्दैछौं । सांसद, नागरिक समाज, राजनीतिक दल सबैको सहभागितामा यसलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँछौं ।’ उनले लिम्पियाधुराको काली नदी पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट रहेको बताए । उनले भने,‘ऐतिहाँसिक तथ्यांकले पनि यही कुरा भन्छ । यो सरकारले बोल्ड र महत्वपूर्ण अडान लिएको छ । सीमा समस्या समाधानको लागि सरकारले कुटनीतिक रुपमा पहल गर्छ । प्रधानमन्त्रीले उत्तेजित नहुन र संयमता अपनाउन भन्नुभएको छ । यसले पर्यटन वर्षको लागि कुनै नकारात्मक असर पर्दैन् ।’
फरक प्रसँगमा उनले आफूले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको कार्यसम्पादनको रिपोर्ट मागेको सुनाए । उनले भने,‘म यहाँ मेरै मातहातको कर्मचारीको टिप्पणी गर्न चाहन्न ।