arrow

संघियता केपी ओलीले खानुभयो, मुख्यमन्त्रीहरू हली बनेर बस्नुभयो: गगन थापा

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
gagan-thapa-pokhara.jpg

पोखरा। नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावीसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै उनले यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताए ।

‘खेमराज गुरु सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । सादगी नेता खेमराज पौडेललाई पुरस्कार स्वरुप जिताएर पठाउन आवश्यक छ’, उनले भने, ‘खेमराजको यसअघिका गतिविधिलाई बुझेर मत दिनुहोला ।’

यो निर्वाचन अंक गणितको हिसावले केही नहुने भन्दै नेता थापाले निर्वाचनले दिने सन्देश महत्वपूर्ण भएको बताए । यस्तो अनुकुल अवस्थामा पनि सरकारले सिन्को भाच्ने काम नगरेको भन्दै उनले भने, ‘सरकारका कारण संघीयता धरापमा पर्‍यो । संघियता केपी ओलीले खानुभयो, पंगु बनाउनु भयो । विरोध गर्नुपर्ने मुख्यमन्त्रीहरू हली बनेर बस्नुभयो ।’

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले प्रजातान्त्रिक आन्दोलनका योद्धा खेमराज पौडेललाई चुनावमा सघाउन पाउनु शौभाग्यको कुरा भएको बताएका छन् ।

नेता खाणले नेपाली कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरे । उनले यो चुनाव जितेर कांग्रेसले सन्देश दिन चाहेको बताए । कम्युनिष्ट सरकारले संविधान र कानुन मिचेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

‘यो चुनावमा पनि सूर्यमा मतदान गर्नु भनेको सरकारले गरेका गलत कामलाई जनताद्वारा अनुमोदन गर्नु हो’, उनले भने, यो निर्वाचन सबै तवरबाट निष्पक्ष हुन पनि आवश्यक छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो चुनाव जित्न आवश्यक रहेको बताए ।

शुक्रबार पोखरा–९ मा आयोजित चुनावी सभामा नेता कोइरालाले सरकारले चालेका सबै कदम अलोकतान्त्रिक भएको भन्दै सरकार संविधान, प्रेस स्वतन्त्रता, समावेशिता, गणतन्त्र, संघीयता मास्न उद्धत रहेको बताए । संसदमा रहेको मिडिया काउन्सिल विधेयक पास हुने क्रममा रहेकाले त्यो पास भएमा लोकतन्त्र भन्ने चिज नेपलाबाट हराउने बताए ।

विकास निर्माण बारे बोल्दै नेता कोइरालाले भने, ‘कास्की क्षेत्र नं. २ अन्तर्गत केही वडामा कांग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि कांग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।’

पोखरा–९ की वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, विरेन्द्रनारायण विजुक्छे, रामराज लामिछाने, शिवराज बाँस्तोला लगायतले बोलेका थिए ।

तरुणदलको सभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वसांसद रामहरि खतिवडा, तरुण दलका कोषाध्यक्ष द्विान गुरुङ, पूर्व अध्इक्ष उदय समशेर राणा, महिला नेतृ सीता गुरुङ, उम्मेदवार खेमराज पौडेल लगायतले बोलेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ