arrow

नामिवियाको चुनौती सामना गर्न सक्ला त नेपाल ?

नेपाल–नामिवियाका खेलाडी को–कस्ता ?

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
nepal-&-namibia-new-pic-2.jpg.jpeg
काठमाडौं । नामिवियासंगको विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु मैदान र समर्थकको मात्रै साथ छैन । केही नयाँ खेलाडीको आगमन पूर्व प्रशिक्षक परार्शदाता छन् । त्यति मात्र नभई पछिल्लो समय नेपाल र नेपालीले खेलप्रति देखाएको चाँसो पनि नेपाली टोलीको उत्साह हो । नेपाल क्रिकेटसंघ भित्रको आन्तरिक विवादकाबीच समेत चुनौतीका साथ खेल घरेलु मैदानमा हुन लागको छ ।
 
विगतको जस्तो बाहिर गए खेल्नु पर्ने अवस्था यस पटक छैन । यद्यपि, एक दिवसीयमा अनुभवि नामिवियासंगको खेल नेपाललाई सहज भने हुने छैन । नामिवियाको टोलीमा अनुभवि खेलाडीहरु छन् । जसकारण पनि नेपाली टोली संयम बन्नुको विकल्प छैन । नेपाली टोलीमा समेत आश लाग्दा खेलाडी छन् । यद्यपि, पाहुना टोली अफगानिस्तानसंग अन्र्तराष्ट्रिय कन्टिनेन्टल खेल सकेर नेपाल आउन लागेकाले पनि नेपाली टोलीको अभ्यास र नामिवियाको चार दिवसीय खेलको अनुभव फरक हुनेछ । त्यस आधारले समेत नेपाली टोलीलाई दबाब छ ।
 
नेपाली टोलीले हाल बन्द प्रशिक्षण बाहेक कुनैपनि प्रतियोगिता खेलेको छैन । टि–२० विश्वकपका लागि छनोट हुन नसकेपछि नेपाल प्रतियोगिताविहिन भएको थियो । यु–१९ नाइन्टिन क्रिकेट बाहेक पछिल्ला प्रतियोगिताको अनुभव नेपालीसंग छैन । त्यो पनि यु–१९ का ३ खेलाडी मात्रै राष्ट्रिय टोलीमा छन् । वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुने खेल नेपालका लागि चुनौतीपूर्ण छ  । 
 
नेपाली टोलीलाई चुनौती  
स्टेफन बार्ड (कप्तान) 
नामिवियाका कप्तान बार्डले एक दिवसीय खेलमा हाल सम्म ४३ इनिङमा एक हजार ९५ रन बनाएका छन् । उनले २० छक्का र एक सय १६ चौका प्रहार गरेका छन् । २३ वर्षीय बार्डले बलिङतर्फ ११ इनिङमा २ सय ६९ बल खर्चिदा २ सय ११ रन दिँदै ६ विकेट हासिल गरेका छन् । उनी नेपाली टोलीका लागि चुनौती हुन सक्छन् । 
 
पीकि या फ्रान्स (मध्यक्रमका व्याट्म्यान)
मध्य क्रमका व्याट्सम्यान हुन् पिकि या फ्रान्स । २५ वर्षीय उनले एक दिवसीयमा त्यति धेरै रन बनाउन नसकेपनि पछिल्लो समय ब्याटिङ्लाइन सुधार गरेका छन् । उनले जारी अफगानिस्तानविरुद्धको अन्तर्राष्ट्रिय कन्टिनेन्टल कपमा सबै भन्दा बढी रन बनाए । आइतबार पहिलो दिन उनले नै सर्वाधिक रन बनाए । उनी क्रिजमा टिक्न सिपालु छन् । आइतबारबाट सुरु भएको खेल वुधबार सम्म चल्ने छ । नेपालसंग खेल्न नामिविया विहिबार काठमाडौं आउनेछ । 
 
जेपी कोत्जे (विकेट किपर) 
बाँयाहाते व्याट्सम्यान जेपी कोत्जे विकेट किपर हुन् । उनी व्याटिङमा जादु गर्ने खेलाडी हुन् । एक दिवसीयमा उनले ३३ इनिङमा पाँच सय ९८ रन बनाएका छन् । उनी रन थोरै बनाएपनि छक्का–चौका प्रहारमा दरिला छन् । उनले हाल सम्म ८ छक्का ४२ चौका वर्षाएका छन् । 
 
सरेल बर्गर (अनुभवि) 
नेपाली टोलीसंग खेल्ने नामिवियाको टोलीमा सबैभन्दा अनुभवि र पाका खेलाडी हुन् सरेल बर्गर । उनी ३३ वर्षका भए । बलिङमा पनि बर्गर तीब्र गतिका बलर हुन् । एक दिवसीयमा उनले हाल सम्म ९६ इनिङमा दुई हजार २ रन बनाएका छन् । छक्का र चौका भने उनको खातामा छैन । उनले एक दिवसीयमा हाल सम्म ९९ विकेट लिएका छन् । अलराउन्ड प्रदर्शन गर्ने अनुभवि उनी नेपाली टोलीका लागि चुनौतीपूर्ण हुन् । 
 
निकोलस स्कोल्ज (लेग स्पिन) 
स्कोल्ज अलराउन्ड प्रदर्शन गर्ने खेलाडी हुन् । भद्दा ज्यानका भएपनि उनी भर पर्दा खेलाडी हुन् । २९ वर्षीय उनी बाँया हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर हुन् । एक दिवसीयमा एक हजार ६ सय ३७ रन बनाएका उनले ३३ छक्का र एक सय १४ चौका वर्षाएका छन् । एक दिवसीयको ४८ इनिङ व्याटिङ गरेका उनले ३२ विकेट लिएका छन् । नेपाली टोलीलाई उनी चुनौती हुन सक्छन् । 
 
जेजे स्मित (अल राउन्डर) 
२० वर्षीय स्मित ब्याटिङ दायाँ हातले गर्छन् । तर, बलिङ बाँया हातले । त्यो पनि तीब्र गतिमा । उनी विकेट चट्काउन सिपालु छन् । एक दिवसीय क्रिकेटको हकमा उनले २३ इनिङमा ४ सय ३६ रन बनाउँदा छक्का बढी चौका कम वर्षाएका छन् । उनले २५ छक्का हान्दा २४ चौका प्रहार गरेका छन् । बलिङमा रन धेरै दिएपनि हाल सम्म उनले २७ विकेट चट्काएका छन् । अलराउन्ड प्रर्दशन गर्ने उनी नेपाली टोलीका लागि चुनौतीहुन् । 
 
नेपालका हस्ती 
 
पारस खड्का (कप्तान) 
 
पारस खड्का नेपाली टोलीलाई उचाइमा लैजाने कुशल कप्तान हुन् । तर, नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनसंग उनी त्यति सन्तोष छैनन् । उनले क्यानकै आन्तरिक लफडा र कमी कमजोरीले क्रिकेट पुग्नु पर्ने उचाईमा नपुगेको गुनासो गर्दै आएका छन् । जे होस खेलमा उनलको लगाब जारी छ । २८ वर्ष पार गरिसकेका खड्काले एक दिवसीयमा १५ इनिङ खेल्दा ४ सय ४६ रन बनाएका छन् । उनले ९ छक्का, ४० चौका बनाएका छन् । बलिङतर्फ हालसम्म उनको खातामा १० विकेट छ । उनकै नेतृत्वमा नेपालले घरेलु मैदानमा नामिवियासंग विश्व लिग क्रिकेट च्याम्पियनसिप खेल्दै छ ।     
 
ज्ञानेन्द्र मल्ल (उपकप्तान) 
ज्ञानेन्द्र मल्ल नेपालका लागि भर पर्दा व्याट्सम्यान हुन् । यद्यपि, एक दिवसीयमा हालसम्म उनले छक्का प्रहार गर्न सकेका छैनन् । १६ इनिङमा ४ सय ४१ रन बनाएका उनले ४६ चौका वर्षाएका छन् । एक दिवसीयमा विकेट हात लाउन नसकेका उनले टि–ट्वेन्टीमा समेत विकेट हात लगाउन सकेका छैनन् । 
 
शक्ति गौचन (बलर) 
शक्ति गौचन नेपाली टोलीका पाका खेलाडी हुन् । उनले एक दिवसीयमा ब्याटिङ भन्दा बलिङ राम्रो गरेका छन् । १३ इनिङमा उनले १ सय ३३ रन बनाउँदा २ छक्का र ११ चौका आफ्नो खातामा जम्मा गरेका छन् । बलिङतर्फ भने उनले एक दिवसीयमा १४ विकेट हासिल गरेका छन् । २०१४ को टि–ट्वेन्टी विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेका बाँयाहाते उनले टि–ट्वेन्टीमा भने ३१ विकेट लिएका छन् । जसमा नेपाल अफगानिस्तान र हङकङलाई हराउँदा बंगलादेशसंग पराजित भएको थियो । 
 
सोमपाल कामी (तीब्र गतिका बलर) 
२० वर्षका सोमपाल नेपाली टोलीका गहना हुन् । उनले एक दिवसीयमा हाल सम्म १ सय ५ रन मात्रै बनाएपनि आफ्नो खातामा एक छक्का र १० चौका जम्मा गरेका छन् । बलिङ टि–ट्वेन्टी भन्दा एक दिवसीयमै बढी चम्किएको छ  । त्यसैले उनीबाट नामिवियासंगको च्याम्पियनसिपमा निकै आशा गरिएको छ । उनले टि–ट्वेन्टीमा १४ विकेट लिँदा एक दिवसीयमा २५ विकेट लिएका छन् ।
 
सन्दिप लामिछाने (लेग स्पिन) 
सन्दिप लामिछाने नेपाली क्रिकेटका उदाउँदा तारा हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नवप्रवेशी लामिछाने सबैभन्दा कान्छा मात्रै होइनन्, उनले १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा ह्याट्रिक गरेर आफ्नो खेल कौशल प्रदर्शन गरिसकेका छन् । गुग्लीको कमाल देखाउने उनी १५ वर्षका मात्र भए । वर्ष २०१६ मा भएको यु–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा लामिछानेले ह्याट्रिक गरेका थिए ।
 
जुन खेल नेपालले एक सय ४७ बल बाँकी छँदै ८ विकेटले जितेको थियो । त्यसैले सन्दिपको आगमनले नेपाली टोलीलाई घरेलु मैदानमा उत्साह मात्र हुने छैन, नेपाली क्रिकेट समर्थकले थुप्रै आशा गरेका छन् । यसपटक, नेपाली टोलीको प्रशिक्षक जगत टमाटा रहेपनि पूर्व प्रशिक्षक पुवुदु दासानायके समेत परामर्शदाताका रुपमा नेपाल आएकाले नेपाली टोलीलाई घरेलु समर्थकको मात्रै साथ रहने छैन । पूर्ण रुपमा नामिवियाविरुद्धको खेल जित्ने हौसला जुटेको छ । नामिवियाको टोली प्रशिक्षक भने अनुभवि दयानन्द ठाकुर छन् ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ