arrow

६.८ को भूकम्प : अफगानिस्तानमा पर्ने हिन्दुकुश श्रृंखलामा केन्द्रविन्दु (अपडेट)

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
bhukampa-1-@.jpg.jpeg
एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दु  अफगानिस्तानमा पर्ने हिन्दुकुश श्रृंखला क्षेत्रमा रहेको बताइएको छ । हिन्दुकुश क्षेत्र अफगानिस्तान देखि म्यान्मारसम्म फैलिएको छ । भूकम्पको धक्का भारतको उत्तर पश्चिम क्षेत्र र पाकिस्तान सम्म महसुस भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्पको झट्का केही सेकेन्ड रोकिँदै आउँदै गरेपछि कयौं नागरि घरबाट बाहिर निस्किएका बताइएको छ । भुकम्प पछि दिल्लीमा मेट्रो संचालन केही समयका लागि बन्द भएको बताइएको छ । भूकम्पको गहिराई ३९ किलोमिटर रहेको बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ