arrow

चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

logo
रासस,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
NRB.JPG

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो। बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो।

बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको टे«जरी बिल बिक्री गर्न लागेको हो। उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ। यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो।

उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ। यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ। बैंकले यही मङ्सिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ