सार्क स्तरीय बुद्धिचाल प्रतियोगिताको लागि थापा र नेपाल बंगलादेश प्रस्तान
प्रकाशित २०७६ मंसिर ८ आइतबार
471
Shares
काठमाडौं। सार्क स्तरीय बुद्धीचाल प्रतियोगितामा सहभागि हुन नेपाली टीम आइतवार बंगलादेश लागेको छ। एसियन एमेचर बिजेता क्यानिडेट मास्टर कृष्ण थापा र दोस्रो भएका प्रकाश नेपालले सो प्रतियोगितामा सहभागि जनाउने छन्। उनीहरु दुबै जना गजुरमुखी चेस क्लवसग आवद्ध खेलाडी समेत हुन्। सोही टोलीमा अन्तराष्ट्रिय आर्बिटर उमेश केसी समेत बंगलादेश गएका छन्।
सो प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिस र अफगानस्थानका खेलाडीहरु सहभागि हुने बताइएको छ। खेल यही नोबेम्वर २४ देखि डिसेम्बर ४ सम्म संचालन हुने बताइएको छ। बिजेताहरुले २० हजार डलर पुरस्कार पाउने बताइएको छ। भने प्रथम हुनेले ३५०० डलर पाउने छ। खेलाडीहरुलाई बिधाई नेपाल बुद्धिचाल संघका सचिव धर्म लामा, सदस्य मोनालिसा खुम्बु, र नेपाल च्याम्पियन पुरुषुत्तम चौलागाईले गरेका थिए।