arrow

ओलीलाई रामचन्द्रले भने, ‘हतार नगर्नुस्, नयाँ संरचनापछि मात्रै स्थानिय निकायको निर्वाचन हुन्छ’

‘देउवाजीले हामीलाई नी समेट्नु पर्छ’

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
ramchandra-poudel-tanahu-new.jpg.jpeg
तनहुँ  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले नै स्थानीय निकायको चुनाव गराउछ भन्नु पदप्रतिको लोलुपता भएको बताएका छन् । 
 
तनहुँमा भएको साक्षात्कार कार्यक्रममा नेता पौडेलले वर्तमान सरकारलाई हतार नगर्न भन्दै नयाँ संरचना बनाएर मात्रै स्थानीय निकायको निर्वाचनमा जान उपयुक्त हुने बताए । संचारकर्मीले स्थानीय निकायको निर्वाचन कहिले सम्म होला त ? भनि सोधेकामा पौडेलले  नयाँ संरचना बनाएर मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका हुन् । 
 
राजनीतिक अस्थिरताको अन्त्य र आर्थिक पारदर्शीता कायम गरी अगाडी बढ्न सके देशको विकासमा प्रगती हुने पौडेलको धारणा छ । सरकार सामु ठूला चुनौती आएपनि ओली सरकारले त्यसको समाधान गर्न नसकेको कांग्रेस नेता पौडेलको आरोप छ ।  
 
यस्तै, पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सक्नु पर्ने बताए । पार्टी भित्र एकताको जरुरी रहेको बताउँदै पार्टीलाई मिलाएर लैजाने दायित्व देउवाजीको काँधमा आएको छ–भने । पौडेलले अब पार्टी सभापति देउवाले सबैलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउन सक्नुपर्ने धारण राखे । 
 
देउवासंग महाधिवेशन र संसदीय दलको नेता दुवैमा पराजित भएका पौडेलको सहमति गरेर अघि बढ्नुको साँटो निर्वाचन लडेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला पार्टी सभापतिलाई एक ढिक्का बनाएर लैजानेबारे सुझाएका हुन् । संसदीय दलको नेता निर्वाचन भए लगत्तै देउवाले पौडेलले पार्टीभित्र साह्रै दुःख पाएको भन्दै साथ लिएर अघि बढ्ने बताएका थिए । 
 
पौडेलले मधेसी मोर्चाभित्र देखिएको असन्तुष्टीलाई राज्यले सम्बोधन गर्न सक्नुपर्ने भन्दै  कांग्रेस तत्काल सरकारमा नजाने सुनाए । पौडेलले भने, ‘हामी अहिले सरकारमा जाँदैनौ, बरु प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढङ्गबाट निभाउँछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ