arrow

अश्लील फिल्मका शौकीनले लुटे १२ वर्षिया बालिकाको अस्मिता

logo
कविता उपाध्याय,
प्रकाशित २०७२ चैत २८ आइतबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। केही समयदेखि मोबाइलमा अश्लील फिल्म राखेर हेर्दै आएका एक १६ वर्षे युवकले रोल्पामा १२ वर्षिया बालिकालाई बलात्कार गरेका छन्। घटना २०७२ साल फागुन ११ गतेको हो। जंगलमा सोत्तर सोर्न गएकी बालीका एक युवकबाट जवर्जस्ती बलात्कृत भएकी हुन्। 
 
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ती बालिकाका बाबुले दोश्रो विवाह गरेर सम्पर्क विहिन भएपछि आमा पनि दोश्रो बिबाह गरेर हिडिन्। बाबु-आमा दुबैको मायाबाट बञ्चित भएकी ती बालिका फुपुको साहारामा बस्दै आएकी थिइन्।
 
गत फागुन ११ गते बारी जोत्नका लागि गाउँको एक युवकलाई ती बालिकाकी फुपूले बोलाईन्। बिहान जोत्ने काम सकियो अनि खाना खाएर ती युवकसंगै बालिका (आफ्नी भदै) लाई फुपुले सोत्तर सोर्नको लागि जंगलमा पठाइन्। ती युवक र बालिका जंगलमा गएर सोत्तर सोरे। एक राङ्गे सोत्तर बटुले पछि बालिका घर आउन थालिन्। ती युवकले डोको उठाउने बाहनामा बालिकालाई नजिकै बोलाए। ति बालिका युवकको नजिकै आइन्। 
 
तर ती निर्दोष बालिकालाई के थाहा आफू यसरी बलात्कृत हुन्छु भन्ने ? पापीले उनको अस्मिता लुटेर छाड्यो। रोइन कराइन तर जंगलमा ती दुइजना बाहेक अरु कोही थिएनन् कसले सुन्ने उनको क्रन्दन। केही समयपछि ती बालिका बाटो लागिन्।
 
युवकले धेरै संझाइ बुझाइ गर्‍यो तर उनले पटक्कै सहमति नजनाएपछि रु दई सय दिएर फकाउने प्रयास गर्‍यो। साझ त्यो युवक सोत्तर लिएर ती बालिकाको फुपुको घरमा गयो। 
बालिका पनि घरमा पुगीन् र यथार्थता सुनाइन् फुपुसंग। फुपुले भोलिपल्ट गाउँमा आमा समूहको बैठक राख्न लगाइन। तर बदनाम हुने डरले यथार्थ कुरा लुकाएर कुट पिट गरेको आरोपमा ती युवकबाट केही रकम अशुली घटना मिलाउने प्रयास भयो। 
 
त्यसको केही दिनमा गाउँको एक घरमा आफन्तको बिहेमा ति बालिकाले बिबाह भएर गएकी दिदीकी आफन्तसंग सबै कुरा सुनाइन्। आफन्तको सल्लाह अनुसार ती बालिका भागेर दिदीको घरमा हिडिन्। दिदीसंग भेट भएपछि सबैकुरा थाहा भयो उनकी दिदीलाई। 
 
प्रहरी निरिक्षक केशवबहादुर बस्नेतका अनुसार घटनाका बारेमा २०७२ साल फागुन २३ गते  जिल्ला प्रहरी कार्यालय रोल्पामा लिखित जाहेरी पर्‍यो। जाहेरी परे लगत्तै जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा ती बालिकाको स्वास्थ्य परिक्षण गरियो प्रहरी निरिक्षक बस्नेतले भने। 
डाक्टरको रिपोर्टमा बालिकाको हाइमनको जाली च्यातिएको रिपोर्ट आयो। त्यसपछि फागुन २४ गते प्रहरीले युवकलाई घरबाटै पक्राउ गरी स्वास्थ्य परीक्षण गरर्‍यो र आवश्यक अनुसन्धानका लागि थुनामा राख्यो। हाल पुर्पक्षमा कारगार चलान गरिएको छ प्रहरी निरिक्षक बस्नेतले भने। 
 
जिल्ला न्यायधिबक्ता सुवर्णमान बनेपालीका अनुसार पीडितले आफूलाई जवर्जस्ती करणी गरेको हो भनी बकपत्र गरिदिएको अवस्था छ भने प्रहरी विधि विधान प्रयोगाशालाबाट आएको ल्याब रिपोर्टमा केही शुक्रकिटहरु देखिएको छ। 
 
यसैगरी यस विषयमा जिल्ला न्यायाधिस कमलप्रसाद ज्ञवाली भन्छन् मुद्दा पेशीमा जान्छ अहिले नै यसै भन्न सकिने अवस्था छैन।  
 
'जे होस् पिडीतले न्याय र पीडकले सजाय पाउनु पर्छ। अन्यथा यस किसिमका घटना नदोहोरियलान् भन्न सकिदैन', पिडीत बालिकाका आफन्तले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ