एलजीले कोठाको हावा सफा गर्ने अत्याधुनिक मेसिन नेपाली बजारमा भित्रायो
प्रकाशित २०७६ मंसिर १० मंगलबार
459
Shares
काठमाडौं। सिजी इलक्ट्रोनिक्सले हावालाई शुद्ध बनाउने एलजीको प्युरिकेयर एयर प्युरिफेयर नेपाली बजरमा भित्राएको छ। यसले हावालाई शुद्ध गर्न शक्तिशाली ढंगले फिल्टरेशन गर्ने काम गर्दछ। यस फिल्टरले हावामा तैरिरहने हानीकारक भाइरस र किटाणुहरुलाई हटाउने कम्पनीले दावी रहेको छ। यसको प्रयोगले ठाउँ सफा र आरामदायी राख्छ।
यस प्युरिफायर सँग प्रशंसक र एयर प्युरिफायरको अनौठो संयोजन छ जसले सफाहावा ७.५ मिटरसम्म फाल्दछ। यसले सम्पुर्ण कोठामा सफाबुस्टरको रोटेसनको साथ सफाहावाको वितरण लगातार रुपमा गरिरहनेछ। स्मार्ट थिक्ङयु टेक्नोलोजिले प्रदुषण स्तर जाँचगर्न र जहाँसुकैबाट नियन्त्रण गर्न सकिने कम्पनीको दावी रहेको छ।