arrow
ADVERTISEMENT

महाराष्ट्रमा विपक्षीद्धारा सरकार बनाउने दावी, ठाकरेले बिहीबार सपथ लिँदै

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
thakare-uddab.jpg

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । उक्त तयारी अनुसार शिवसेना अध्यक्ष उद्धव ठाकरेले बिहीबार मुख्यमन्त्रीको सपथ लिने भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

तीन दलका विधायकहरुको बैठकले ठाकरेलाई शिवसेना–राकांपा–काँग्रेस गठबन्धनको नेता बनाइएको छ । मंगलबार होटल ट्राइडेन्टमा भएको छलफलपछि उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । 

ठाकरेले मंगलबार बेलुकी राज्यपाल भगत सिंह कोश्यारीलाई भेट्न पुगेका थिए । उनले राज्यपाल सामु सरकार बनाउने दावी पेश गरेका छन् । उनले बिहीबार साँझ शिवाजी पार्कमा मुख्यमन्त्रीको सपथ लिनेछन् । 

उद्धव ठाकरेले आफूले सबै सबालको जवाफ दिन तयार रहेको बताएका छन् । उनले राजीनामा दिएका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उठाएका प्रश्नको समेत जवाफ दिने बताएका हुन् । 

उनले झुठो हिन्दूत्वको हिस्सा नभएको समेत स्पष्ट पारेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ