ट्रेड युनियन कांग्रेसद्धारा युएनआई एसिया प्रशान्त क्षेत्रको महासचिव आचार्यलाई बधाई
प्रकाशित २०७६ मंसिर ११ बुधबार
749
Shares
काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना पुर्व उपमहासचिव राजेन्द्रकुमार आचार्य सेवा क्षेत्रको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (युएनआई) एसिया प्रशान्त क्षेत्रको महासचिव पदमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
युनियनको केन्द्रीय कार्यालय अनामनगरमा एक समारोहकाबीच बधाई तथा शुभकामना दिएको हो । यस अवसरमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले युनियनको पुर्व नेता अन्तर्राष्ट्रिय महासंघको महासचिव पदमा निर्वाचित भएकोमा सिंगो युनियन गौरवान्वित भएको बताउँदै श्रमिक आन्दोलनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित महासचिव राजेन्द्र कुमार आचार्यले ट्रेड युनियन कांग्रेस नै आफ्नो घर भएको बताए । आचार्यले अहिले अन्तर्राष्ट्रिय क्षेत्रमै ट्रेड युनियनको सदस्य घट्दो र कामको संसारमा परिवर्तन आईरहेकोले सबै डटेर लाग्नु पर्ने बताए ।
सार्कटुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले अन्तर्राष्ट्रिय जगत र सरकार ट्रेड युनियनको विपक्षमा रहेको बताउँदै पहिले सरकार ट्रेड युनियनको पक्षमा हुन्थे भने अहिले उद्योगपतिको पक्षमा रहेको बताए ।