arrow

श्रीलङ्का-चीन थप सम्बन्ध विस्तारमा जोड

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Ranilinchina3.jpg.jpeg
बेइजिङ। श्रीलङ्का र चीनले थप सम्बन्ध विस्तारमा जोड दिएका छन् । उनीहरुले यी दुई देशबीचको सम्बन्ध आर्थिक मात्र नभएर धेरै पक्षमा एकरुपता भएकोले सो सम्बन्धमा जोड दिएका बताइएको छ । आफ्नो चारदिने औपचारिक भ्रमणको अन्तिम दिन आइतबार श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमा सिंघेले सो विषयमा जोड दिएका हुन् । 
 
सो भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग दुई देशबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको र यस भ्रमणका क्रममा भएका आर्थिक विकास र विस्तारका एजेण्डाले आगामी दिनमा दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने अपेक्षा गरिएको सिंघेको भनाई थियो । सिंघेले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएको अन्तरवार्तामा सो धारणा राखेका हुन् । प्रधानमन्त्री सिंघेले चीनसँग अरु विभिन्न आर्थिक समृद्धिका क्षेत्रहरुको लगानी खोज्न श्रीलङ्का तयार रहेको पनि सो अन्तरवार्तामा बताएका छन् । 
 
 
श्रीलङ्काली प्रधानमन्त्रीका रुपमा यो सिंघेको पहिलो भ्रमण हो । प्रधानमन्त्री सिंघे गत वर्षको अगष्टमा सम्पन्न भएको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका हुन् । सिंघेले सो अन्तरवार्तामा भने, ‘यो मेरो सातौँ पटकको चीन भ्रमण हो । म सन् १९७९ देखि नै पटक-पटक चीनको भ्रमणमा आएको थिए’ । चीनको २१ औँ शताब्दिकै एक महत्वपूर्ण र महत्वाकांक्षी आयोजनाका रुपमा अघि सारेको सिल्क रोडको एक सहयोगी राष्ट्रका रुपमा श्रीलङ्काले आर्थिक विकासका क्षेत्रमा चीनको अपेक्षा गरेको छ । 
 
चीन भ्रमणका क्रममा प्रधानमन्त्री विक्रमा सिंघेले चिनियाँ पर्यटकको आकर्षणका लागि पूर्वाधारको विकासका क्षेत्रमा जोड दिएका छन् । सिंघेले श्रीलङ्कामा बढी भन्दा बढी चिनियाँ पर्यटक एवम् चिनियाँ लगानीकर्ताहरुलाई श्रीलङ्कामा भित्र्याउने विषयमा वार्ता गरेको जानकारी दिए । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ