arrow

४० लाख रुपैयाँको प्याज चोरी

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
onion.jpg

काठमाडौं । प्याजको मुल्य बढ्दै गएपछि फाइदा उठाउँदै चोरले ४० लाख रुपैयाँको प्याज चोरी गरेको छ । घटना भारतको हो । भारतमा बिहीबार थुप्रै ठाउँमा चोरी भएको छ । 

मध्यप्रदेशको शिवपुरीमा चोरले एक ट्रकबाट २५ लाख भारु (नेपाली ४० लाख रुपैयाँ) को प्याज चोरेको हो । 

त्यस्तै पश्चिम बंगालमा १०० किलो तथा गुजरातमा सुरत मन्डीबाट २५० किलो प्याज चोरी भएको छ । 

प्रहरीका अनुसार नासिकका व्यापारी प्रेमचन्द शुक्लाले जावेद नामको ट्रान्पोर्टरबाट नासिकबाट गोरखपुरका लागि ट्रकमा २५ लाख भारुको प्याज पठाए पनि प्याज बीचबाटोमै गायब भएको हो । ट्रक फेला परेको छ । 

भारतमा अहिले प्याजको मुख्य १६० रुपैयाँ पर्न थालेको छ । नेपालमै पनि प्याज २५० रुपैयाँ किलोसम्ममा बिक्री भइरहेको छ । 

भारतको उपभोक्ता मन्त्रालयले इजिप्टबाट ६०९० टन प्याज ल्याउने निर्णय गरिसकेको छ । तर भारतमा प्याज भारत आइपुग्न १५ दिन लाग्ने बताइएको छ । 

प्याजको भाउ बढ्न पनि अझै १५ दिन लाग्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ