arrow

आफ्नै पुर्वपत्नि करणी गरी धम्की दिने पक्राउ

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
rape.jpg.jpeg
पोखरा। पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले आज पोखरा ४ बाट पक्राउ गरेको छ । 
 
निजले पोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई फेला पारी हिजो साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए । 
 
घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्के पुल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 
फिर्केपुलमा पुर्‍याएपछि पीडित महिला त्यहाँबाट भाग्न सफल भई आज प्रहरीमा उजुरी गरेपछि प्रहरीले निजलाई पक्राउ गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ