arrow

मुख्यमन्त्री राउतको निवासमा राष्ट्रपतिलाई दिवाभोज

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
rastapati_(2).jpg

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो निवासमा दिवाभोजको कार्यक्रम राखेका छन् । 

विवाह पञ्चमीको अवसरमा जनकपुर पुगेकी भण्डारीले जानकी मन्दिरमा करिब आधा घण्टा पूजापछि मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री राउतले राष्ट्रपति भण्डारीको सम्मानमा आफ्नै निवासमा दिवाभोज राखेका हुन् । मुख्यमन्त्रीले आयोजना गरेको दिवाभोजपछि भण्डारीको रामजानकी विवाहोत्सव कार्यक्रमअन्तर्गत रंगभूमि मैदानमा सहभागी हुने कार्यक्रम रहेका हुन् ।

विवाह पञ्चमीको अवसरमा जनकपुरमा आयोजित रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहको आयोजना बिधिबत हुँदैछ । शुक्रबार  राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आइपुगेकी हुन् । रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर जनकपुर आएकी हुन् ।

रंगभूमि मैदान पुगेर राष्ट्रपति भण्डारीले भारतको अयोध्याबाट विवाहोत्सवमा सहभागी हुन आएका जन्तीहरुलाई औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ