arrow

अष्ट्रेलियन चर्चित फोस्टर्स लागर बियर नेपाली बजारमा

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
Fosters-lager-beer-jgi.jpg

काठमाडौं। राज ब्रुअरी प्रालिले आजदेखि नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ। फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित छ र अन्ततः पुनस्फूर्ति प्रदान गर्दछ। ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको छ। फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याईएको  थियो।

फोस्टर्स लागर बियरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुन्छ जसमा वरफले बियरलाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गर्छ। फोस्टर्स वर्षैभरी पुनस्फूर्तिका लागि एकदम सही बियर हो। यस वर्षको प्रारम्भमा नै राज ब्रुअरी प्रालिले विश्व प्रसिद्ध बियर निर्माता एबि इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा एक विशेष साझेदार सम्बन्धि सम्झौता सम्पन्न भएको थियो। राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो।

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा  अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ। जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरु पर्दछन्।

ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबि इनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ र ५०० भन्दा ज्यादा ख्यातिप्राप्त बडवेएजर, बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमा जस्ता ब्राण्डहरुको विविधतापूर्ण स्वादहरु उपलब्ध गराउने गर्दछ। यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन्।

राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाएका छन्। अब, चाँडै नै नेपालले यहीं नै उत्पादित बडवेएजर, बडवेएजर म्याग्नम, र फोस्टर्स गोल्ड साथसाथै एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरुबाट आयात गरिएका कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ