arrow

गगनको भाषण पछि पार्टी प्रवेशमा ताँती

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
gagan-thapa-1.jpg.jpeg
मकवानपुर। नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेस हुनुमा गर्व गर्दे सकारात्मक कार्यको लागि अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। मकवानपूरको थाहा नगरमा आयोजित कार्यक्रमका सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गगन थापाले अवको दिनमा बिकासमा जोड दिदै अहिलेका उपलब्धिहरुलाई रक्षा गर्दे अघि बढे काँग्रेसलाई सबैतिर विजयी हुन कसैले छेक्न नसक्ने बताए। 
 
थाहा नगरमा भएको कार्यक्रममा एमाओवादी, एमाले तथा राप्रपा परित्याग गरी २ सय ३६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नेपाली काँग्रेस थाहा नगरसमितिको आयोजनामा भएको कार्यक्रममा यति धेरैले नेपाली कांग्रेसमा प्रवेश गरेको हुन। 
 
काँग्रेसको नीतिलाई अरु पार्टीले नमान्दा देश पछाडी धकेलिएको वताउँदै थापाले बर्तमान समयमा काँग्रेसको नीति र बाटो सबैले पछ्याउँदै गएको र अविरल बगिरहने नदी जस्तो पार्टी भएकोले नवप्रवेशीहरु ठिक ठाउँमा आइपुगेको बताए। उनले काँग्रेस हुने खानेहरुको पार्टी भएको र सबै नेपाली जनतालाई हुनेखाने बनाउन तत्पर नीति नेपाली काँग्रसमा मात्रै रहेको बताउँदै अहिले सरकारमा रहेकै पार्टीले सरकारको आलोचना गरेको बताए।
 
कार्यक्रममा मकवानपुर जिल्ला निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेले काँग्रेसले सिस्टम सिकाउने भएकोले आफू राम्रो भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे। नेपाली काँग्रेस मकवानपुर जिल्ला सचिव बुद्धशरण लामाले सबैको अधिकार स्थापित प्रजातन्त्रमा हुने र सबै पार्टीलाई प्रजातन्त्रको दायरामा काँग्रेसले ल्याएको बताए।
 
कार्यक्रममा जयराम लामिछानेले टिष्टुङ खानेपानीको लागि नेपाली काँग्रेस टिष्टुङ इकाइ सभापति सुमन गोलेलाई तीन लाख रुपैंयाको चेक हस्तान्तरण गरे।
 
थाहा नगरका जेष्ठ कार्यकर्ताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। कार्यक्रम थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ