arrow

वार्नरले ३३५ रन बनाए, स्मिथको पनि नयाँ रेकर्ड 

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर १४ शनिबार
david-warner-test.jpg

एडिलेड। अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शनिबार अविजित व्यक्तिगत ३३५ रन बनाएर रेकर्ड बनाएका छन्। अर्का ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा सर्वाधिक छिटो गतिमा सात हजार रन पार गरेका छन्। टेस्ट क्रिकेटमा वार्नरको यो दशौं सर्वाधिक व्यक्तिगत स्कोर हो।

पाकिस्तान विरुद्धको दोस्रो दिवा–रात्रि टेस्ट क्रिकेटमा अस्ट्रेलियाले बलियो पकड बनाएको छ। तीन विकेटको क्षतिमा ५८९ रन बनाएर अस्ट्रेलियाले पहिलो इनिङ समाप्त गरेको थियो। अस्ट्रेलियाली कप्तान टिम पेनले इनिङ समाप्तिको घोषणा गरेका कारण टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका ब्रायन लाराले बनाएको अविजित ४०० रनको लक्ष्य भने वार्नरले प्राप्त गर्न सकेनन्।

दोस्रो दिन नै ब्याटिङका निम्ति उत्रेको पाकिस्तानी टिमले खराब शुरुआत गरेको छ। दोस्रो दिनको खेल समाप्त हुँदा पाकिस्तानले ९६ रनमा ६ विकेट गुमाइसकेको छ। अस्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्कले चार विकेट लिएका छन्। क्रिजमा बाबर आजम अविजित ४३ र यासिर शाह ४ रन बनाएर खेलिरहेका छन्।

एडिलेडको मैदानमा यसअघि टस जितेर अस्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियामा लगातार १३ वटा टेस्टमा पराजित भइसकेको पाकिस्तानलाई यसपटक पनि २–० को शृङ्खला जोगाउनुपर्ने कठिन चुनौती  छ। ब्रिसबेनमा खेलिएको पहिलो टेस्टमा पनि अस्ट्रेलियासँग पाकिस्तान एक इनिङ र ५ रनले पराजित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ