arrow

गृहमन्त्रीले भने, ‘विधि बाहिर गई आन्दोलन गरे चुप लागेर बस्दैनौं’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत २९ सोमबार
shakti-basnet-new-photo.jpg.jpeg
विराटनगर । गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनको नाममा लोकतान्त्रिक विधि र प्रक्रिया  बाहिर गई कसैले आन्दोलनगर्न खोजे सरकार चुप लागेर नबस्ने बताएका छन् । 
 
विराटनगरमा बिहान संचारकर्मीसंग कुरागर्दै मन्त्री बस्नेतले  शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएतापनि आन्दोलनको नाममा उश्रृंखल गतिविधी गर्न भने, कसैलाई छुट नभएको बताए । संविधान संसोधन संगै मधेशी मोर्चाका मागहरु सम्बोधन भईसकेकाले अब आन्दोलनको आवश्यकता नभएको मन्त्री बस्नेतको भनाई छ । मन्त्री बस्नेतले राजनीतिक समस्या राजनीतिक तवरबाट समाधान गनुपर्नेमा जोड दिए ।  तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई आफुहरुको माग पुरा नभए वैशाखबाट कडा आन्दोलन थाल्न दिएको अल्टिमेटम मंगलबार सकिंदैछ ।  
 
शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले आफनो जिम्मेवारीबाट सरकार अलग रहन नसक्ने प्रष्ट पारे ।  यस्तै, केही दिन भित्रै अपुर्ति व्यवस्था सहज हुन लागेकाले अब खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थका लागि जनताले लाइनमा बस्नु नपर्ने मन्त्री बस्नेतको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ