arrow

भक्तपुरमा नेकपाको गढ ढल्दै, कांग्रेस विजय नजिक

पूर्व एमालेले जितेको ठाउँमा कांग्रेसले जित्दै, महेश बस्नेतको पनि चलेन केही

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
bhadel.JPG

भक्तपुर । भक्तपुर १ (क) मा भएको उपनिर्वाचमा नेपाली कांग्रेस विजयको नजिक पुगेको छ । यस क्षेत्रका १० वडामध्ये ७ वटा वडाको मतगणना पूरा भएको छ । जसमध्ये  २ हजार ४ सय ३६ भोटले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले अगुवाई गरेका छन् । भक्तपुर १ (क) मा चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र भक्तपुर नगरपालिकाको १० नम्वर वडा रहेको छ ।  

पछिल्लो रिपोर्ट अनुसार मतगणना गरिएको करिब २२ हजार भोट मध्ये नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १० हजार ३ सय ९५ भोट ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डिपी ढकालले ७ हजार ९सय ५९ भोट ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजुले २ भने हजार २सय ४७ भोट ल्याएका छन् । 

निर्वाचन आयोगका अनुसार चाँगुनारायण नगरपालिकाका ९ वडा मध्ये ७ वडाको मतगणना पूरा भएको छ । अब मतगणना गर्न बाँकी ८ र ९ वडा मात्र छन् । भक्तपुर नगरपालिकाको १० नम्बर वडामा मतगणना गर्न बाँकी छ । भक्तपुर नगरपालिकामा नेमकिपाको प्रभाव छ । त्यसैले १० नम्बर वडामा नेमकिपाले अगुवाइ गर्ने अनुमान गरिएको छ।

बाँकी २ वटा वडामा नेपाली कांग्रेस र नेकपाको प्रभाव बराबरी जस्तो छ । यसबाट भक्तपुर १ (क) मा विजयीको सम्भावना बढ्दै गएको छ । मतगणनाको परिणाम आएसँगै भक्तपुर कांग्रेसका नेताहरु उत्साहित भएका छन् । 

‘हामी विजयीको नजिक पुगेका छौ । यसबाट हामी उत्साहित भएका छौ, ’भक्तपुर कांग्रेसका सभापति दुलर्भ थापाले भने । यस उपनिर्वाचनमा नेमकिपाको प्रभाव अघिल्लो चुनाव भन्दा यसपटक झन घटेको देखियो भने राप्रपाको स्थिति अरु दयनीय देखिएको छ । राप्रपा (संयुक्त) बाट उम्मेदवार दिएका रामशरण लामिछानको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरेको थियो ।  

अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भए पछि भक्तपुर १ (क) खाली थियो । भक्तपुर १ (क) को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाको विषय बनेको छ ।

यस निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले आफनो प्रतिष्ठा बनाएका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुर २ का सांसद महेश बस्नेत नेकपालाई जिताउन लागिपरेको देखिए पनि नागरिकस्तरमा उनको केहि जोर चलेन। पूर्व माओवादीबाट उमेदवारी पाएका ढकाल नजित्दा नेकपामा यसको दुरगामी असर पर्ने पूर्व माओवादीका एक  स्थानिय नेताले बताएI

भक्तपुर १ (क) राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ