arrow

संचारमन्त्रीलाई आन्दोलनको डर, भने–‘मोर्चाको मागबारे सरकार गम्भीर भइसक्यो’

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
sher-dhan-rai.jpg.jpeg
विराटनगर । सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शेरधन राईले उच्च स्तरीय राजनीतिक समितिलाई केहि दिन भित्रै पूर्णता दिएर सिमाकंनको विषय टुंगो लगाउने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै मन्त्री राईले उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा सिमाकंनको विषय टुंगो लाग्ने  भएकाले बन्द हडताल नर्गन मधेशी मोर्चालाइ आग्रह गरे । 
 
मधेशको समस्या वार्ता र छलफलबाटै समाधान खोज्न सरकार गम्भीर भएर लागेकाले सहमतीका लागी मोर्चालाइ समेत लचिलो हुन आग्रह गरे । मन्त्री राइले जनताले आन्दोलन नभई मुलुकको विकास चाहिरहेकाले आन्दोलन गरेर मुलुकलाई नोक्सानी गर्ने काम कसैले गर्न नहुने बताए । संविधान कार्यान्वयन र भूकम्पछीको पुनःनिमार्णका लागि मुख्य दलबीचको एकता अपरिहार्य रहेको उल्लेख गदै बर्तमान सरकारको विकल्प नभएको मन्त्री राईले सुनाए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ