arrow

भक्तपुरमा कांग्रेसले झण्डा गाड्यो, भँडेल बने प्रदेश सांसद

ओलीप्रिय महेश बस्नेतलाई झट्का

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
bhaktpur-local-lection-nc.jpg

काठमाडों । भक्तपुर १ (क) मा भएको उपनिर्वाचमा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार भँडेलले  २ हजार २ सय ४२ मतले निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकाललाई हराएका हुन् । भँडेलले १३ हजार ४४८ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भएपछि भक्तपुर १ (क) खाली थियो । भक्तपुर १ (क) को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाको विषय बनेको छ ।

यस निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले आफनो प्रतिष्ठा बनाएका थिए । पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुर २ का सांसद महेश बस्नेत नेकपालाई जिताउन लागिपरेको देखिए पनि नागरिकस्तरमा उनको केहि जोर चलेन। पूर्व माओवादीबाट उमेदवारी पाएका ढकाल नजित्दा नेकपामा यसको दुरगामी असर पर्ने पूर्व माओवादीका एक स्थानीय नेताले बताए ।

भक्तपुर १ (क) राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ