arrow

नारायणमानलाई भेट्न किन पुगे ओली पत्नीसहित कमलविनायक ?

पुनःनिर्माणको जिम्मा स्थानीय निकायलाई दिनेबारे कुराकानी

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
oli-bijuk6e,,,.jpg.jpeg
भक्तपुर । प्रधानमान्त्री केपी शर्मा ओली नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न कमलविनायक पुगे । कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको बताइएको छ । 
 
करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताए । एउटै घरमा चार दाजुभाई भिन्नै बसेको र भूकम्पले घर भत्काएर सबैलाई घरविहीन बनायो तर एकजनाले मात्रै राहत पाउने अरूले नपाउने व्यवस्था हुँदा पीडितलाई न्याय नहुने भन्दै विजुक्छेले स्थानीय निकायलाई यसको जिम्मा दिए सहज व्यवस्थापन गर्न सकिने बताउए ।
 
‘पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ, तब मात्र वास्तविक पीडितले सहज राहत पाउँछन्’, बिजुक्छेले भने, ‘घर र जग्गा नहुने पीडितलाई स्थानीय निकायले जग्गा खोजेर व्यवस्थापन गर्न सक्छ, त्यसैले प्रधानमन्त्रीसँग पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ भनेर भनेका छाँै ।’
 
प्रधानमन्त्री ओलीले प्राधिकरणसँग छलफल गरेर यसबारेमा निर्णय लिने आश्वासन दिएको बिजुक्छेले जानकारी दिए । लालपुर्जा नभएकालाई पनि राहत दिने व्यवस्था हुनुपर्ने विजुक्छेको धारणा छ । भेटमा प्रधानमान्त्री ओली र पत्नी राधिका शाक्य, नेमकिपाका अध्यक्ष बिजुक्छे, पत्नी शोभा र नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ