arrow

फाल्गुनन्द गाउँपालिकामा मतगणना जारी, नेकपाको अग्रता कायमै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ मंसिर १५ आइतबार
panchtar.png

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा भएको उपनिर्वाचनको मतगणना जारी छ । यसैक्रममा पछिल्लो मतपरिणाम अनुसार नेकपा अघि देखिएको छ ।  अहिले पछिल्लो ताजा मत परिणाम अनुसार नेकपाको तर्फबाट बिर बहादुर कुरुम्बाङले ६८ मतले अग्रता कायम गरेका छन्  ।

१ हजार ६ सय ९४ मत गणना गरिँदा उनले ७ सय ८१ मत प्राप्त गरेका छन् । उनलाई नेपाली काग्रेसको तर्फबाट वृजहाङ आङदेम्बेले पछ्याइरहेका छन्। आङदेम्बेले ७ सय १३ मत प्राप्त गरेका छन् ।

यस्तै संघिय समाजवादीले ९३ मत,राप्रपाले ११,राप्रपा संयुक्तले १७ मत,संघिय लोकतान्त्रिक राष्ट्रिय मंचले ७ मत,घर चिन्हले ७ मत प्राप्त गरेको छ ।

 यस्तै बदर मत १५ रहेको छ । १६ हजार ५ सय ७७ मतदाता रहेको उक्त पालिकामा १० हजार ८ सय १६ मत खसेको थियो ।

 नेपाली कांग्रेसको तर्फबाट ०७४ मा अमर कुमार नेम्बाङले नेकपाको कुरुम्बाङलाई नै पराजित गरी पालिका प्रमुख पदमा विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ