arrow

फोटो पत्रकार अधिकारी कुटपीटको विरोधमा प्रेस युनियन सडकमा उत्रियो

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
press-union-new.jpg.jpeg
काठमाडौं । नेपाल प्रेस युनियनले अनलाइनखबरमा कार्यरत फोटो पत्रकार कविन अधिकारीमाथि आइतबार बिहान ११ बजे नेपाल सरकारको केन्द्रीय प्रशासनिक निकाय सिंहदरवाबार भित्रै प्रहरीले गरेको दुर्व्यवहार र कुटपीटको घटनाको विरोध गरेको छ । युनियनले घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याई पीडित पत्रकार अधिकारीलाई उपचारको उचित व्यवस्था मिलाउन माग समेत गरेको छ । 
 
सामान्य प्रशासन मन्त्रालयमा भएको निजामती कर्मचारीहरुको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटोपत्रकार अधिकारीमाथि प्रहरीले गरेको आक्रमणको घटनाले प्रेस जगतमाथि राज्य र तिनका निकायहरुको व्यवहार अहिले पनि निरंकुश शैलीकै रहेको मात्र देखाएको नभई यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि कुण्ठित गर्ने प्रयास गरेको छ –युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
सूचना र सञ्चार नागरिकको अधिकार भएपनि सूचना र समाचार संकलनमा गएका श्रमजिवी पत्रकाहरुमाथि कुटपीट गर्ने अमानविय घटनाले पत्रकारीता क्षेत्र र नागरिकले सूचनामा पहुँच राख्न पाउने अधिकारप्रति सरकारको अनुदार अनुहार पनि उदाङगिएको छ –विज्ञप्तीमा भनिएको छ । 
 
फोटो पत्रकार अधिकारीमाथि भएको आक्रमण र कुटपीटको विरोधमा सडकमा उत्रिएको युनियनको काठमाडौं शाखाले सिंहदरवार हनुमानस्थाननजिकै दबाबमुलक विरोध कार्यक्रम गरेको छ । दोषी उपर कार्वाही गरी पीडितलाई उपचार लगायतका व्यवस्था नभएसम्म युनियनले विरोधका कार्यक्रम जारी राख्ने बताइएको छ । युनियन पीडित फोटो पत्रकार कविन अधिकारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ