arrow

'अख्तियारले एक साता भित्रै ठूला माछा समात्ने'

logo
सुर्दशन अर्याल,
प्रकाशित २०७२ चैत २९ सोमबार
ciaa-office-hq.jpg.jpeg
काठमाडौ। साना माछा र ठूला माछाको विषयबाट चर्चामा आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग पछिल्लो समय ठूला भ्रष्टाचारी समाउन नसक्दा सुस्त बनेको आरोप लागिरहेको बेला एकसातामा नै रिजल्ट देखिने गरी काम अगाडि बढेको अख्तियारले दावी गरेको छ। झिना मसिना काममा मात्र भुल्लिइरहेको भन्दै आलोचना हुन थालेपछि अख्तियारले सो कुरा बताएको हो।
 
अख्तियारले केही दिन भित्रै ठूला अनुसन्धान सार्वजनिक हुने अख्तियारका सहायक प्रवक्ता  खगेन्द्र रिजालले हाम्राकुरासँग कुराकानी गर्दै बताएका छन्। शक्तिशाली सरकारी निकाय भएपनि केही समय अगाडिदेखि ठूला भ्रष्टाचारको काण्डहरु सार्वजनिक हुन सकेका छैनन्।
 
उनले अख्तियारले अबको केही समयभित्रै ठूलो अनुसन्धान सार्वजनिक हुने चरणमा पुगेको बताए। अख्तियारका सहायक प्रवक्ता रिजालले अख्तियार पछिल्लो समय सुस्ताएको भन्ने प्रश्नको खण्डन समेत गरे। उनले केही समय ठूला काण्डहरू सार्वजनिक हुन नसक्दा सुस्ताएको हो कि भन्ने भ्रम पर्नु स्वभाविक भएपनि गहन अनुसन्धान नसकिँदै परिणाम नआउने भएकोले केही समय ठूला मुद्दा सार्वजनिक नभएको उनले दावी छ। आर्थिक वर्ष सकिन तीन चार महिनामात्रै बाँकी रहँदा बजेट रकमान्तर देखि अन्य आर्थिक अनियमितताका कुराहरूमा व्यापक भ्रष्टाचार हुने गरेको कुरा सर्वत्र चर्चाको बिषय बन्ने गरेको छ। हिजै मात्र पनि नेपाली कांग्रेसले एमालेको नेतृत्वमा रहेको सरकारले ठूलो मात्रामा रकमान्तर गरी भष्ट्राचार गर्न लागेको भनी बिज्ञप्ति समेत निकालेर सचेत गराएको थियो।
 
‘अनुसन्धान लामो समयसम्म चल्छ तर, परिणाम आउने त एकै दिन न हो’ सहायक प्रवक्ता रिजाललले भने ‘एकसाता कुर्नुस् तपाईँले सबै कुरा थाहा पाउनु हुनेछ भन्दै अख्तियार गहन अध्ययन गरिरहेको बताए । उनले कुन कुन क्षेत्रको विषयमा छानविन भईरहेको छ ? भन्ने प्रश्नमा अनुसन्धान भइरहेको कुरामा केही बताउन नमिल्ने भन्दै केही दिनमा नै सार्वजनिक हुने बताए । अबको सात दिनभित्र अख्तियारको अनुसन्धान र अख्तियारको सक्रियताको विषयमा उचित नतिजा प्राप्त हुने भन्दै  विश्वस्त हुन आग्रह समेत उनले गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ