arrow

अन्तराष्ट्रिय रोर्बट प्रतियोगिता नेपाली टोलीलाई दोश्रो स्थान

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
robotics.jpg.jpeg
काठमाडौं। अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्बट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोली दोश्रो भएको छ। अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ (ओलम्पिक अफ रोबोर्टिस) अन्तरगतको फायर फाइटिङ बिधामा दोश्रो नेपाली टोलीले दोश्रो भएको हो। नेपाली टोलीमा सशांकश्री न्यौपाने, गणेशबिक्रम आले, यज्ञप्रसाद देवकोटा, अनुज रेग्मी र सुमन थपलिया सहभागी थिए। 
 
नेपाली टोलीको नेतृत्व गरेका सशांकश्री न्यौपाने नेपाल इन्जिनियरिङ कलेज, गणेशबिक्रम आले, र यज्ञप्रसाद देवकोटा नेपाल कलेज अफ इन्र्फमेशन टेक्नोलोजि, अनुज रेग्मी काठमाडौं विश्व बिद्यायल र सुमन थपलिया इन्फरमेटिक्स कलेजबाट इन्जिनियरिङ पुरा गरका बिद्यार्थी हुन्।
 
सो प्रतियोगिता ५० भन्दा बढि बिधामा प्रतिस्पर्धा भएको थियो भने ५० भन्दा बढि देश प्रतियोगितामा सहभागि भएका थिए। २०१६ अप्रिल १० मा आयोजना भएको सो प्रतियोगितामा सहभागि टोलीलाई नेपाली सेनाले पाँच लाख सहयोग गरेको थियो भने नाष्टले प्राविधीक समानमा लाग्ने खर्च बेहोर्ने बचन दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ