arrow

जिपबाट खसेर एक बालिकाको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत २९ सोमबार
bajang-child.JPG.jpeg
बझाङ। मोरीवगरबाट चैनपुर आउदै गरेको जिपबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। मालुमेलाबाट तमैलका लागी चढेकी जयपृथ्वी नगरपालीका सुतुया घर भएकी वर्ष १३ की राजुकुमारी गिरीको जिपबाट खसेर मृत्यु भएको हो। 
 
गाडीको पछाडी बसेकी राजकुमारीले तमैले झर्ने हुँ रोक रोक भन्दै कराए पनि जिप चालकले नरोकि तिब्रगतिमा कुदाएपछि आत्तिएर बालिका जिपबाट हामफालेको स्थानिय लक्ष्मण रोकायाले बताए। चल्दै रहेको जिपबाट हामफालेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेपछि घटना स्थलमै मृत्यु भएको रोकायाले जानकारी दिए।
 
चालक धनबहादुर बोहराले बालिकाको आवाजको बेवास्था गर्दा घटना भएको प्रहरी नायब निरिक्षक लक्ष्मीराज अधिकारीले बाताए। गाडी सहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको उनले बताए। 
 
चौधारी घर भएका डम्मर सार्कीले भरखरै खरिद गरेको गाडी विना नम्वरको महेन्द्र टाटा बलेरो हो। चालकलाई कार्वाही र क्षेतिपुर्ती नदिएसम्म शव नउठाउने भन्दै मृतकका आफन्तहरुले जयपृथ्वी राजमार्ग अवरुद्ध गरेकाछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ