arrow

पुर्वाञ्चलकै पुरानो मदनमेलाको तयारी अन्तिम चरणमा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७२ चैत २९ सोमबार
Terhathum-hamrakura.jpg.jpeg
चैत। तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदनमेला यस वर्ष पनि बैशाख १ गतेबाट सुरु हुँदैछ। मेला आयोजक समितिले मेलाको तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ। 
 
खेलकुद, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु सहित सन्चालन हुने मेलाकालागि अन्तिम तयारी भइरहेको मेला समितिका सचिव अनिरुद्र तिम्सीनाले बताए। बैशाख १ गते नयाँ वर्षको आगमनसँगै सुरु भएर एक सातासम्म सन्चालन हुने मेलाको रोटेपिङ, चर्चित हाँस्य कलाकार तथा गायकसहितको सांस्कृतिक कार्यक्रम आदिले थप रौनकता थप्ने बताइएको छ। 
 
मेलाका अवसरमा सन्चालन हुने मदन मेमोरियल पुरुष फुटबलतर्फ यसवर्ष हालसम्मकै सर्वाधिक राशी विजेताले नगद ८१ हजार र उपविजेताले ४४ हजारसहित अन्य पुरस्कार प्राप्त गर्नेभएकाले पनि मेलाको आकर्षण थपिएको मेला समितिको ठम्याई छ। २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदनमेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ। 
 
रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको छ। मेलाको अवसरमा यसवर्ष मदन मेमोरियल फुटबल, भलिबल, छेलो, खुला कविता, लोकनृत्य र धाननाच प्रतियोगिता लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु हुने छन्। 
 
मेलाको उद्घाटन नयाँ वर्ष प्रारम्भको दिन बैशाख १ गते विशेष समारोहसहित हुँदैछ। उद्घाटनका अवसरमा यहाँको पहिचान झल्कँने सांस्कृतिक झाँकी प्रदर्शन, मेलाको ऐतिहासिकता र वर्तमानबारे जानकारी लगायत कार्यक्रम गरी गर्ने तयारी भइरहेको मेला समितिले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ