arrow

लुगा सुकाउने एलजीको कन्डेन्सर ड्रायर मेसिन नेपाली बजारमा

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
lg-cloth-dryer.jpg

काठमाडौं। चौधरी ग्रुपले एलजीको लुगा सुकाउने कन्डेन्सर ड्रायर मेसिन नेपाली बजारमा भित्राएको छ। वासिङ्ग मेसिनमा नेपाली उपभोक्ताको मन जितिसकेको सिजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको हो। यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी रहेको बताइएको छ।

जसले लुगामा भएको ओसलाई पत्तालगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउछ। साथै यसमा ठूलो ड्रमको क्षमता रहेकाले धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ। उच्चकोटीको भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउदछ।

ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट समेत बचाउछ। यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एलजीको वासिङ्ग मेसिनसँगै सजिलै जडान गर्न सकिने कम्पनीले जनाएको छ।

साथै एलजीसँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जस्ले कपडा धुनुका साथ साथै १०० प्रतिशत सुकाउछ। यस वासर ड्रायरको माग यस चिसोको मौसमा बढेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ