विराटनगर । मोरङको बुद्धनगर ५ मा रहेको एक माछा पोखरीमा विस्फोट भएको छ । विस्फोटमा परी एक किशोर घाइते भएका छन् । मध्यान्न पोखरीमा प्लास्टीमा रहेको चिज चलाउँदा एक्कासी विष्फोट भएपछि १७ वर्षीय रुपेश मण्डल घाइते भएको मोरङका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले बताए ।
मण्डलको बाँया हातको बुढी औलामा चोट लागेकाले उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले प्लास्टीकको पोकामा के थियो भन्ने अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार झोलामा बम बा अन्य विस्फोटन पदार्थ भएको खुलिसकेको छैन ।