arrow

क्षेत्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत जोशीलाई गृहनगरमा सम्मान

logo
दीपक जोशी।
प्रकाशित २०७२ चैत २९ सोमबार
धनगढी। नेपाल सरकारबाट प्रदान गरिने क्षेत्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत कैलालीका कलाकार राजकुमार जोशीलाई गृहनगर धनगढीमा सम्मान गरिएको छ। 
 
चलचित्र पत्रकार संघ सुदूरपश्चिम क्षेत्रिय समितिले धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार जोशीँलाई सम्मान गरिएको हो। उनलाई नेपाल पत्रकार महासंघ कैलाली साखाका अध्यक्ष भरत साहले खादा ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरे। 
 
सो अवसरमा बोल्दै सम्मानित कलाकार जोशीले कलाकारीता क्षेत्रमा लागेको लामो समयपछि सम्मानित हुन पाएकोमा आफु निकै हर्षित भएको र आगामी दिनमा पनि सुदूरपश्चिमको कलाकारितामा निखारता ल्याउन योगदान पुगाउने अझै क्रियासील हुने बताए। 
 
कार्यक्रममा नृत्य निर्देशक गोबिन्द मुखियाले स्थानीय कला, संगित तथा कलाकारहरुलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताए। चलचित्र पत्रकार संघका अध्यक्ष भवानी रेग्मीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा चलचित्र निर्देशक विरेन्द्र सिंह, निर्माता तथा निर्देशक सतिश सिन्हा, चलचित्र व्यवसायी बब्लु अहमद लगायत कलाकार तथा पत्रकारको सहभागीता रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ