arrow

सामाजिक सुरक्षा लागु गर्न सबै लाग्नुपर्छ : श्रम सचिव केसी

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
ntuc2.jpg

काठमाडौ । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्न सबै पक्ष लाग्नु पर्ने बताएका छन्।ट्रेड युनियन कांग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ)ले संयुक्तरुपमा आयोजना गरेको औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीमा यस्तो विचार राखेका हुन् ।

सामाजिक सुरक्षा ऎन ट्रेड युनियनहरुले धेरै लामो समयदेखी उठाउदै आएको विषय भएकोले यसको लागु गर्न युनियन, रोजगारदाता र सरकार सबै लाग्नु पर्ने बताए । यसैगरी ऎन कानुन कार्यान्वयन भएमात्र श्रम सम्बन्ध राम्रो हुने बताए ।

 ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले शुरु शुरुमा भन्दा श्रम सम्बन्ध सुधार हुदै गए पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना आवश्यक ठाउँमा लागु नहुदा र लागु भएको ठाउँमा खाईपाई आएको सुविधा भन्दा कम भएको गुनासो आएको , ऎन कानुन इमान्दारीपुर्वक लागु नगराउदा श्रम सम्बन्धमा समस्या आउन सक्ने  बताए ।

जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले जिवन धान्न सक्ने तलब र ऎन कानुनमा भएको व्यवस्था लागु भए मात्र श्रम सम्बन्ध राम्रो हुने बताए । जिलाफका महासचिव रियो साईतोले औद्योगिक सम्बन्धलाई रचनात्मक बनाउन सकेमा सबैलाई राम्रो हुने बताए । जापानी राजदूत मसमिची साईगोले नेपालमा ९५ वटा जापानी कम्पनीले लगानी गर्न परामर्श गरि सकेकोले असल श्रम सम्बन्ध भए लगानी वृद्धि हुने बताए ।

 आई.एल.ओ. नेपाल निर्देशक रिचार्ड हवार्ड्ले श्रम ऎन, सामाजिक सुरक्षा ऎन लागु गर्न धेरै चुनौतीहरु भएकोले बलियो सामाजिक संवाद हुनु पर्ने बताए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले पहिले भन्दा श्रम सम्बन्ध राम्रो हुदै गएकोले लगानी गर्न ढुक्क हुने स्थिति भएको बताए । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवरले औद्योगिक सम्बन्ध सुधार हुदै आएको बताए ।

गोष्ठीमा जिलाफका महासचिव रियो साईतोले जापानको औद्योगिक सम्बन्ध र ट्रेड युनियन आन्दोलनको बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने दुई दिनसम्म चल्ने गोष्ठीमा सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिल ज्ञवालीले सामाजिक सुरक्षाको वर्तमानमा अवस्था, ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले नेपालमा  सामाजिक संवादको अवस्था र उपमहासचिव गणेश केसीले नेपालको औद्योगिक सम्बन्ध र ट्रेड युनियनको भुमिकाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ