arrow

बिमला खत्रीले लिइन् प्रदेशसभा सदस्यको सपथ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ मंसिर १८ बुधबार
bimala-oath.jpg

रुपन्देही । एक जना प्रदेश सभा सदस्यको लागि भएको उपनिर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्य बिमला खत्री ओलीलाई प्रदेशसभा सदस्यको सपथग्रहण गराईएको छ ।

बुधबार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले सपथ खुवाएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश सभा सदस्य, प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन भएपछि सो पदको लागि भएको उपनिर्वाचनमा उनकी धर्मपत्नि बिमलाले जित हासिल गरेकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ