- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ३६ वटा स्वर्णपदक जितेको छ । नेपालले यो आँकडालाई अझै बढाउने निश्चित छ ।
जति स्वर्ण जित्यो यो आफैमा कीर्तिमान हो । अहिलेसम्म सागका कुनै पनि संस्करणमा नेपालले ३६ वटा स्वर्णपदक जितेको थिएन ।
आठौ सागमा नेपालले सबैभन्दा धेरै ३१ स्वर्ण जितेको थियो । यो अर्थमा १३ औं साग नेपालका लागि सफल साग बनेको छ ।
यही गतिमा अगाडि बढिरहँदा नेपाल दोस्रो स्थानमा रहेर साग सकाउने देखिएको छ । नेपालले २७ रजत र ३८ कास्यसहित १०१ पदक जितेको छ ।
भारत भने नेपालभन्दा निकै अगाडि लागेको छ । भारतले ६२ स्वर्ण, ४१ रजत र २१ कास्यपदक जितेको छ ।
तेस्रो स्थानको श्रीलंकाको १७ स्वर्णसहित १०७ पदक छ । पाकिस्तानको १५ स्वर्ण छ । बंगलादेशको ४ स्वर्ण छ । माल्दिभ्सको १ स्वर्ण छ । भुटानको ६ कास्यपदक छ ।