arrow

सागमा शनिबार १८ खेल, के कहाँ 

logo
प्रकाशित २०७६ मंसिर २१ शनिबार
sag-logo.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गतथ शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । उद्घाटनको सातौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरी यी खेलहरु हुन लागेका हुन् । 

आर्चरी, एथ्लेटिक्स, क्रिकेट, कबड्डी, बास्केटबल, फुटबल,  ह्यान्डबल, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ, साइक्लिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । कुस्ती जनकपुरमा जारी छ । बाँकी खेल काठमाडौंमा हुनेछन् ।

फुटबलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो १ः३० बजे हुनेछ ।

यस्तै अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः३० बजे पछि हुनेछ ।

महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल अपरान्ह ४ बजे हुनेछ ।

क्रिकेटमा पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ ।

महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ