arrow

सुन चाँदी तस्करीमा भारतीय पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर २२ आइतबार
gold-silver-smugler-janakpur.jpeg

जनकपुरधाम। सशस्त्र प्रहरी धनुषाले  सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको  धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीया नकामा भारत  विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।

भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडी,एक सेट  मोबाइल ,दुई थान भारतीय सिमकार्ड ,४२० भारतीय रुपैया सहित तस्कर यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।

यादवबाट बरामद भएको सुन र चाँदीको मूल्य  १२ लाख ८८ हजार ७ सय ९२ रुपैया रहेका  धनुषाको सशस्त्र प्रहरी उपरिक्षक राजु उप्रेतीले  जानकारी दिए। साइकलमा सवार भइ भारततर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा यादवको साथबाट सुन र चाँदी बरामद भएका छन ।

साइकल सहित यादवलाई नियक्रणमा लिई थप आवश्यक कारबाहीका  लागी जनकपुर भन्सार कार्यालयमा बुझाइएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ