arrow

प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
KP-Oli.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आज देशबासीको नाममा सम्वोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले नयाँ बर्ष र आफ्नो कार्यकालको ६ महिना पुरा भएको अवसर पारेर सम्वोधन गर्न लागेका हुन् । 
 
सम्वोधनमा सरकारको ६ महिनाको समिक्षा, अहिलेसम्म आफुले गरेका कामको मुल्याङकन र भावी कार्यक्रमका विषयमा जानकारी गराइने प्रधानमन्त्री ओलीको नीजि सचिवालयले जनाएको छ । 
 
मधेस आन्दोलन र मधेस मुद्दाका विषयमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा केही उल्लेख गर्ने बुझिएको छ । 
 
उनले भारत र चीनको भ्रमणबाट भएको कुटनैतिक तथा अन्य उपलव्धीहरुका बारेमा समेत सम्वोधन मार्फत् जानकारी गराउने तयारी गरेका छन् । सम्वोधन प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट ५ बजे हुने सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ